कोलकाता, 19 जून (हि.स.)। पश्चिम बंगालमा मनसुनको आगमनसँगै मौसमले अचानक कोल्टे फेरेको छ। बंगालको खाड़ीमा निर्मित गहिरो निम्न दबावको कारणले राज्यका केही जिल्लाहरूमा घना वर्षा अनि तूफानी हावाको सिलसिला शुरू भएको छ। विशेष दक्षिण बंगालमा बिहीवार बिहानदेखिक बादलहरूको घनघोर आवात-जावत अनि मुसलधारे वर्षा भइरहेको छ। मौसम विभागले आगामी सप्ताहको प्रारम्भिक दिनसम्म राज्यभरि नै मौसमको यस्तै रूप कायम रहने चेताउनी दिएको छ।
अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र मुताविक दक्षिण बंगालका तटीय जिल्लाहरू क्रमैले पूर्व मेदिनीपुर र दक्षिण 24 परगना अतिरिक्त बीरभूम जिल्लामा पनि आज घना वर्षा हुने सम्भावना प्रबल छ। यसको साथै पश्चिमी जिल्लाहरू जस्तै पुरुलिया, बाँकुड़ा, पश्चिम मेदिनीपुर, पश्चिम बर्धमान र झाड़ग्राममा कुनै-कुनै ठाउँमा अति भारी वर्षा हुने चेताउनी जारी गरिएको छ।
यी जिल्लाहरूमा 30-देखि 40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्रहावा चल्नसक्छ जसले गर्दा रूख अनि बिजुलीका लाइनहरूलाई क्षति पुग्ने आशंका रहेको छ। मौसम विभागले यी जिल्लाहरूमा प्रशासनलाई सतर्क रहने अनि आवश्यक सुरक्षा उपाय सुनिश्चित गर्ने सल्लाह दिएको छ। कोलकाता अनि यस वरपरका क्षेत्रहरूमा मेघ गर्जनसहित तीव्र वर्षा जारी छ जसबाट जनजीवन प्रभावित भइरहेको छ। विद्यालयहरूमा विद्यार्थीहरूको उपस्थिति कम दिखियो भने कतिपय स्थानमा जलजमाउको स्थिति पनि उत्पन्न भएको छ।
मौसम विभागले स्पष्ट पारेको छ, उत्तर बंगालका प्राय सबै जिल्लाहरूमा आगामी दिनमा तीव्र वर्षा हुने स्थिति देखिएको छ। पार्वतीय क्षेत्रहरूमा लगातार वर्षाको कारणले पैह्लो जाने आशंका व्यक्त गरिएको छ। दार्जीलिङ र कालेबुङ जस्ता क्षेत्रहरूमा सतर्कता बढ़ाइएको छ भने यात्रीहरूलाई पहाड़ी मार्गबाट बच्ने सल्लाह दिइएको छ। रेलवे अनि रोडवेज विभागलाई सम्भावित बाधाहरूको लागि तयार बस्न भनिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा