पटन, 14 जून (हि.स.)। बिहारको बेगुसराय जिल्लामा नदीमा नुहाउने क्रममा डुबेर चार नाबालिगको मृत्यु भएको छ भने तीन जनालाई उद्धार गरिएको छ। मृतक सबै एउटै गाउँका थिए, जसमा दुई जुम्ल्याहा दाजुभाई पनि थिए। घटनाको जानकारी पाएपछि स्थानीय मानिसहरूले एक-एक गरी चारै जनाको शव बाहिर निकाले।
पुलिस अनुसार, जिल्लाको खोदाबन्दपुर थाना क्षेत्रमा सागी पञ्चयातको नुरुल्लाहपुर गाउँका जम्मा आठ जना नानीहरू बुढी गण्डक नदीको सहनी घाटमा नुहाउन गएका थिए। नुहाउने क्रममा चार नाबालिगको डुबेर मृत्यु भयो भने तीन जना बाहिर निस्कन सफल भए। पुलिसले घटनास्थलमा पुगेर शव पोस्टमार्टमको लागि पठाएको छ।
मृतकहरूको पहिचान नुरुल्लाहपुर गाउॅंको ब्रह्मस्थान निवासी कल्लर दासका 12 वर्षीय छोरा रोशन कुमार, कल्लर दासकै दुईजना जुम्ल्याहा नाति र चांदसी दासको छोरा अविनाश कुमार र अभिषेक कुमारको रूपमा गरिएको छ। चौथो मृतकको पहिचान रामशोभित दासको 14 वर्षीय छोरा नीतीश कुमारको रूपमा गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी