प्रधानमन्त्री मोदी सहित तमाम नेताहरूले राहुल गान्धीलाई जन्मदिनको बधाई दिए
मोदी


नयाँ दिल्ली, 19 जून (हि.स.)। लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीले आज आफ्नो 55औं जन्मदिन मनाइरहेका छन्। यस अवसरमा देशका धेरै प्रमुख राजनीतिक हस्तिहरूले उनलाई शुभकामना पठाएर उनको दीर्घायु र उत्तम स्वास्थ्यको कामना गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक्सको माध्यमले राहुल गान्धीलाई जन्मदिनको हार्दिक शुभकामना दिए। उनले लेखेका छन्, राहुल गान्धीलाई उनको जन्मदिनमा शुभकामना। ईश्वरले उनलाई लामो एवं स्वस्थ जीवन प्रदान गरून्।

तमिलनाडूका मुख्यमन्त्री एमके स्टालिनले राहुल गानधीलाई “आदर्शहरूमा सहोदर” बताउँदै आफ्नो शुभकामना पठाए। उनले एक पोस्टमा भनेका छन्, मेरा आदर्श भाई राहुल गान्धीलाई जन्मदिनको हार्दिक शुभकामना- रगतले नभएपनि विचार, दृष्टि र उद्देस्यले जोड़िएका छौं, तपाई द़ढ़ रहुन् र साहसको साथ नेतृत्व गरिरहुन्। उज्जवल भारततिर बढ्दो हाम्रो अभियानमा विजय हाम्रै हुनेछ।

केन्द्रिय मन्त्री किरेन रिजिजूले एक्स पोस्टमा भनेका छन्, लोकसभामा विपक्षका नेता राहुल गान्धीलाई जन्मदिनको हार्दिक शुभकामना। म उनको सुखी र दीर्घायु एवं स्वस्थ जीवनको कामना गर्दछु।

उल्लेख्य, राहुल गान्धीको जन्म 19 जून 1970 मा दिल्लीको होली फेमिली अस्पतालमा भएको थियो। उनी पूर्व प्रधानमन्त्री राजीव गान्धी र कांग्रेसका राज्यसभा सांसद सोनिया गान्धीका जेठा सन्तान हुन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande