मीठी नदी सफाई घोटालामा एक्टर डिनो मोरियासित ईडीले फेरि गऱ्यो सोधपुछ
डीनो


मुम्बई, 19 जून (हि.स.)। अभिनेता डिनो मोरियासित बिहिवार प्रवर्तन निदेशालय (ईडी) ले फेरि सोधपुछ गरेको छ। मुम्बई कार्यालयमा सोधपुछको निम्ति पेश हुँदा उनको साथमा उनका भाई सैन्टिनो मोरिया पनि थिए। यो सोधपुछ मीठी नदी सफाई परियोजनामा कथित 65 करोड़ रूपियाँको घोटालालाई लिएर गरिँदैछ। यस मामिलामा ईडीले डिनोसित यस अगाड़ीपनि सोधपुछ गरेको थियो। अब एक पल्ट फेरि उनलाई जाँच एजेन्सी सामू हाजिर हुन परेको छ, जसबाट मामिला फेरि चर्चामा आएको छ।

मीठी नदी घोटालाको जाँच अन्तर्गत ईडीले कोच्चि र मुम्बई समेत देशभरिमा 15 भन्दा धेरै ठाउँ छापा मारेको थियो। यसमा अभिनेता डिनो मोरियाको बान्द्रा स्थित आवास पनि सामेल थियो।

सूत्रहरू अनुसार, डिनो मोरियालाई गिरफ्तारीको डरले सताइरहेको छ, यसैले गर्दा ईडीको तर्फबाट 18 जूनमा सोधपुछको निम्ति नोटिस पठाइएपछि पनि उनी त्यस दिन कार्यालयमा पेश भएनन्। यस अगाड़ीपनि ईडीले डिनोसित यस मामिलामा सोधपुछ गरिसकेको छ। अब एजेन्सीलाई थप केही अहम जानकारीको खाँचो थियो यसैले उनलाई पुनः बोलाइयो र यस पाली उनी सोधपुछको निम्ति हाजिर भए।

मीठी नदीबाट माटो निकाल्ने कार्य गत लगभग दुई दशकदेखि गरिँदैछ, जसको उद्देश्य मुम्बईलाई बाढ़देखि बचाउनु र पानी जमा हने समस्यालाई रोक्नुथियो। अब यो काम जमीनी स्तरमा नगरिएको खुलासा भएको छ। जाँचमा अघि आएको छ कि सफाई कार्यलाई लिएर फर्जी बिल र झूटा रिपोर्ट तयार पारियो। ड्रेजिङ अर्थात् माटो हटाउनका लागि उपकरणहरूलाई भाड़ामा लिनुमापनि भारी अनियमितताहरू अपनाइयो र यस पूरा प्रोजेक्टमा करोड़ौं रूपियाँको घोटाला भयो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande