कोलकाता, 19 जून (हि.स.)। नदिया ज़िल्लाको कालीगञ्ज विधानसभा सीटमा भएको उपचुनाउको मतदान अवधि एउटा नयाँ विवाद उत्पन्न भएको छ। भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार आशिष घोषमाथि बूथदेखि बाहिरिँदै गर्दा क्यामरा सामु 'मध्य औंली' देखाएको आरोप लागेको छ। यसलाई लिएर चुनाउ आयोले रिपोर्ट मागेको छ साथै तृणमूल कंग्रेसले यस कृत्यलाई 'अशालीन' औ 'बंगालको संस्कृति विरोधी बताएको छ।
बिहिवार बिहान देवग्रामको अन्नपूर्णा प्राइमरी स्कूलस्थित 173 नम्बर बूथमा मतदान गर्न पुगेका आशिष घोषले मतदान गरेपछि क्यामरा सामु आफ्नो औंली देखाए जसमा चुनावी स्याही लागेको थियो। तर त्यो औंली उनको मध्यमा थियो जसलाई आम रूपमा आपत्तिजनक इशाराको रूपमा हेरिएको छ। त्यसैले उक्त कृत्य विवादहरूको घेरोमा परेको छ।
यसमाथि प्रतिक्रिया व्यक्त गर्दै तृणमूल कंग्रेसका प्रवक्ता देवांशु भट्टचार्यले भने, भाजपाले त चुनाउपछि जनतालाई यही औंली देखाउँदै आएको छ। यसपालि त चुनाउ शुरू हुनसाथै उनीहरूको असली मानसिकता सामु आयो। उनले सोशल मीडियामा पनि टिप्पणी गर्दै लेखे, प्रत्याशीले औंली देखाए, तर षड़यन्त्रको आरोप भने हामीमाथि?
विवादलाई लिएर स्पष्टिकरण दिँदै आशिष घोषले भने, यो सबै एक पूर्वनियोजित षड़यन्त्रको एक भाग हो। उनले दाबी गरे, नियोजित रूपमा उनको मध्यमा औंलीमा स्याही लगाइएको थियो। त्यसैले उनी त्यही औंली क्यामरा सामु देखाउन बाध्य भए। उनले आरोप लगाए, यो चुनाउ कर्मीहरूको गलती हो।
घटनाको गम्भीरतालाई मध्यनज गर्द मुख्य चुनाउ अधिकारीको कार्यालयले सम्पूर्ण मामिलाको निगरानी शुरू गरेकोछ। खबर अनुसार आयोगले यसमाथि विस्तृत रिपोर्ट मागेको छ।
तृणमूल कंग्रेसको पक्षबाट कालीगञ्ज ब्लक अध्यक्ष देबव्रत मुखर्जीले भने, भाजपाले बंगालको संस्कृतिलाई बिगार्ने एउटा बाहिरको पार्टी हो। यो घटना पनि त्यसै मानसिकताको झलक हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा