देशका चार राज्यहरूको पॉंच विस सीटमा उपचुनाउको निम्ति मतदान शुरू
देशका चार राज्यहरूको पॉंच विस सीटमा उपचुनाउको निम्ति मतदान शुरू


नयॉं दिल्ली, 19 जून (हि.स.)। देशका चार राज्यहरूको पॉंच विधानसभा सीटमा उपचुनाउको निम्ति आज बिहानदेखि मतदान शुरू भएको छ। यी सीटहरू केरलाको नीलाम्बर, पंजाबको लुधियाना पश्चिम, पश्चिम बंगालको कालीगंज, गुजरातको विसावदर र कादी हुन्। यी सबै सीटहरूमा मतगणना 23 जूनमा हुनेछ।

निर्वाचन आयोगका अधिकारीहरू अनुसार, पश्चिम बंगालमा कालीगंज उपचुनावको पहिलो एक मतदान केन्द्रमा मक पोल गरियो। यस सीटमा तृणमूल कांग्रेसबाट अलीफा अहमद, भारतीय जनता पार्टीबाट आशीष घोष र कांग्रेसबाट काबिल उद्दीन शेख उम्मेदवार छन्।

भारत निर्वाचन आयोगले 25 मईमा चार राज्यहरूको पॉंच विधानसभा सीटमा उपचुनाउको तारिक घोषणा गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande