अन्तरराष्ट्रिय योग दिवसको राज्यपाललाई निमन्त्रणा
अन्तरराष्ट्रिय योग दिवसको निम्ति राज्यपाललाई निमन्त्रणा


गान्तोक, 19 जून (हि.स.)। राज्य स्वास्थ्य एवं परिवार कल्याण विभाग मन्त्री जीटी ढुङ्गेलले आज राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।

यस भेट अवधि मन्त्री ढुङ्गेलले राज्यपाललाई आगामी 11औं अन्तरराष्ट्रिय योग दिवसको उपलक्ष्यमा आयोजना गरिने राज्यस्तरीय कार्यक्रमको निमन्त्रणा दिए। यस अवसर अन्तरराष्ट्रिय योग दिवसको थीम 'वान अर्थ, वान हेल्थ' रहेको छ, जसले योगको माध्यमद्वारा वैश्विक एकता, पर्यावरणीय सन्तुलन, मानवीय स्वास्थ्य र समग्र कल्याणबीच गहिरो सम्बन्धलाई उजागर गर्दछ।

राज्यपालले मन्त्रीको निमन्त्रणाप्रति आफ्नो सहर्ष स्वीकृति प्रदान गरे। उनले योगलाई जीवनशैलीको आवश्यक अंग बताउॅंदै आयोजनाको निम्ति शुभकामना व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande