गुवाहाटी, 19 जून (हि.स.)। राजधानी गुवाहाटीको बाहिरी क्षेत्र खेत्रीको हेलागोग क्षेत्रमा जंगली हात्तीहरूको उत्पातले क्षेत्रमा भय व्याप्त भएको छ। गए मध्य राती एउटा जंगली हात्तीले लोहित ठाकुरिया नामक व्यक्तिको घरमा पसेर तोड़फोड़ गऱ्यो साथै घरभित्रको फर्निचर, खाद्य वस्तु लगायत अन्य मूल्यवान सामानहरूलाई नोक्सान पुऱ्यायो।
हात्तीको हमलाबाट परिवारका सदस्यहरूले भागेर ज्यान बचाए। उल्लेखनीय छ, विगत लामो समयदेखिकै क्षेत्रमा जंगली हात्तीले उत्पात मच्चाइरहेको छ। भुक्तभोगी क्षेत्रवासीहरूले वन अधिकारीहरूसित प्रभावित परिवारलाई क्षतिपूर्ति दिने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा