प्रचुर मात्रामा अवैध अंग्रेजी मदिरा सहित एकजनालाई समातियो
प्रचुर मात्रामा अवैध अंग्रेजी मदिरा सहित एकजनालाई समातियो


इम्फाल, 19 जून (हि.स.)। मणिपुर पुलिसले अंग्रेजी मदिरा (आईएमएफएल)-को एउटा ठूलो खेपलाई जफ्त गरेको छ। पुलिसले एक गोप्य जानकारीको आधारमा जिरीबाममा अभियान संचालन गरी एउटा वाहनबाट मदिरा जफ्त गऱ्यो साथै वाहन चालकलाई पनि पक्राउ गऱ्यो। पुलिसले कानूनी प्रक्रिया पूरा गरेपछि आरोपीलाई आबकारी विभागमा सुम्पिदिएको छ।

पुलिस अनुसार बितेको बुधवार जिरीबाम बजारमा एउटा सेतो रंगको जिप्सी (एमएन-01एएस-4499)- लाई रोकियो। उक्त वाहनको जाँच गर्दा वाहनभित्र प्रचुर मात्रामा अंग्रेजी मदिरा थियो जसलाई जफ्त गरियो। मदिरा लादिएको वाहनलाई जिरीबाम पुलिस स्टेशन अन्तर्गत लिगंगपोकपी निवासी थिंगबैजम सञ्जीत कुमार सिंह (42)-ले चलाइरहेका थिए।

पुलिसले वाहनबाट जफ्त गरेको मदिरा भारत निर्मित विदेशी (आईएमएफएल) हो। मदिरालाई जफ्त गरिएपछि तस्करीमा सामेल वाहन चालकलाई सबै आवश्यक कानूनी प्रक्रियाहरू पूरा गरेर आबकारी विभागमा सुम्पिइएको छ। अधिकारीहरूले जफ्त गरिएका मदिराको मात्राको बारेमा खुलासा गरेका छैनन्। अवैध स्टकको श्रोत अनि इच्छित गन्तव्य बारे पत्तो लगाउनको लागि जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande