नयाँ दिल्ली, 24 जून (हि.स.)। चुनाउ आयोगले लोकसभामा विपक्षका नेता राहुल गान्धीलाई उनको अंग्रेजी समाचार पत्रमा प्रकाशित लेखलाई लिएर चिट्ठी पठाएको छ। आयोगले भनेको छ, उनी महाराष्ट्र चुनाउहरू र अन्य कुनै विषयलाई लिएर आयोगलाई भेट्नसक्छन्।
आयोग सूत्रहरू अनुसार, यो चिट्ठी 12 जूनमा लेखिएको थियो, जसलाई राहुल गान्धीको आवासमा रिसीव गरिएको छ र यसको एक प्रति ई-मेलको माध्यमले पनि पठाइएको छ।
चिट्ठीमा आयोगले उल्लेख गरेको छ, राहुल गान्धीले 07 मईमा एउटा लेख लेखेका थिए, जसमा महाराष्ट्र चुनाउसित सम्बन्धित केही विषय उठाइएको थियो। आयोगले भन्यो, यी मुद्दाहरूको उत्तर अगावै विस्तारमा दिइएको छ। आयोगले स्पष्ट गऱ्यो कि आयोगले नियम प्रक्रिया अन्तर्गत चुनाउ गराउँछ, जुन पूर्ण रूपमा विकेन्द्रीकृत हुन्छ। यसमा राजनीतिक दलहरूको एक लाखभन्दा अधिक एजेन्ट बूथ स्तरमा तैनाथ हुन्छन्।
आयोगले यो पनि भनेको छ, हामीलाई लाग्छ, चुनाउ संचालनसित जोड़िएको कुनैपनि मुद्दालाई कांग्रेस उम्मेदवारहरूद्वारा सक्षम न्यायालयहरूमा दर्ता याचिकाहरूको माध्यमले अगावै उठाइसकेको होला। फेरि पनि यदि तपाईसित अहिलेपनि कुनै मुद्दा छ भने तपाईले लेखेर हामीलाई अवगत गराउनसक्छन्। आयोगपनि तपाईसित व्यक्तिगत रूपमा भेट्न तयार छ। सबै मुद्दाहरूमाथि चर्चाको निम्ति सुविधाजनक मिति र समय निर्धारित गर्नमिल्छ।
उल्लेख्य, राहुलले यस लेखमा सीधा रूपमा आयोगमाथि आरोप लगाएका थिए। यद्यपि, उनीद्वारा उठाइएका मुद्दाहरूको आयोगको तर्फबाट बिन्दुवार उत्तर दिइएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी