जयपुर, 24 जून (हि.स.)। जल जीवन मिशनका लगभग 900 करोड़ रूपियाँको घोटालासित सम्बन्धित ईडी प्रकरणमा जाँच एजेन्सीले ईडी मामिलाहरूको विशेष अदालतमा पूर्व जलदाय मन्त्री महेश जोशी र छोरा रोहित जोशी सहित कूल 18 आरोपी विरूद्ध परिवाद पेश गरेको छ। ईडीका असिस्टेन्ट डायरेक्टर अंशुलको तर्फबाट पेश परिवादमा पीएमएलए एक्टको धारा 3 र 4 अन्तर्गत आरोप लगाइएको छ।
परिवादमा भनियो, सह आरोपीहरूको माध्यमले महेश जोशीसम्म घूसको राशि पुराइन्थ्यो। आरोपीहरूको फर्मबाट महेश जोशीका छोरा रोहित जोशीको फर्मलाई पनि लगभग 50 लाख रूपियाँको भुकतान गरिएको थियो। आरोपी फर्मले पूर्णता प्रमाण पत्रको माध्यमले करोड़ौं रूपियाँको टेन्डरको भुकतान लिएको छ। जब यी प्रमाण पत्रहरूको जाँच गरियो तब यी फर्जी निस्के।
ईडीले महेश जोशी र रोहित जोशीका साथै मैसर्स श्री श्याम ट्यूबवेल कम्पनी, मैसर्स श्री गणपति ट्यूबवेल कम्पनी, संजय बडाया, मुकेश पाठक, मायालाल सैनी, राकेश सिंह, प्रदीप कुमार, प्रवीण कुमार अग्रवाल, मलकेत सिंह, विशाल सक्सैना, महेन्द्र प्रकाश सोनी, मैसर्स सुमंगलम ल्याण्डमार्क एलएलपी, हिमांशु रावत, नमन खण्डेलवाल, तन्मय गोयल र हेमराज गुप्ता विरूद्ध परिवाद पेश गरेको छ।
उल्लेख्य, जल जीवन मिशन घोटालालाई लिएर पहिला एसीबीले मामिला दर्ता गरी धेरै आरोपीहरूलाई पक्राउ गरेको थियो। यसपछि प्रकरणमा धेरै सय करोड़ रूपियाँको लेनदेनको खुलासा हुँदा प्रवर्तन निदेशालयले मामिला दर्ता गरेको थियो। ईडीले मार्च 2024 मा महेश जोशीलाई नोटिस जारी गरी बोलाएको थियो। नोटिस जारी गरिएको लगभग एक वर्षपछि ईडीले महेश जोशीलाई सोधपुछको निम्ति बोलायो र फेरि पक्राउ गऱ्यो। अदालतमा पेशीको दिन महेश जोशीकी पत्नीको निधन भएको थियो। यसले गर्दा उनलाई दुई पल्ट अन्तरिम जमानतको लाभ प्राप्त भयो। गत दिन ईडी मामिलाहरूको विशेष अदालतले उनको जमानत अर्जीलाई खारेज गऱ्यो। यसमा उनको तर्फबाट हाईकोर्टमा जमानत याचिका पेश गरिएको छ। जसमा आगामी दिन सुनवाई हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी