नयाँ दिल्ली, 24 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार विज्ञान भवनमा आयोजित श्रीनारायण गुरू र महात्मा गान्धीको ऐतिहासिक संवादको शताब्दी समारोहको उद्घाटन गरे। यस अवसरमा उनले हालमा सफलतापूर्वक सम्पन्न ‘अपरेशन सिन्दूर’ को उल्लेख गर्दै भने, यसले आतङ्कवाद विरूद्ध भारतको स्पष्ट र कठोर नीतिलाई विश्व सामू राखेको छ।
प्रधानमन्त्रीले भने, भारतको रगत बगाउनेहरूका लागि अब विश्वमा कुनैपनि ठाउँ सुरक्षित छैन भनी हामीले देखाएका छौं। आजको भारत आफ्नो हितहरू अनुसार हरेक आवश्यक कदम उठाउनदेखि पछि हट्दैन। उनले श्रीनारायण गुरू र महात्मा गान्धीको 1925 मा भएको एतिहासिक भेटलाई याद गर्दै भने, यो संवाद केवल इतिहासको घटना नभएर आजपनि सामाजिक समरसता र राष्ट्रिय एकताको निम्ति प्रेरणाको श्रोत हो। श्रीनारायण गुरूको जीवन समता, एकता र आध्यात्मिक उत्थानको प्रतीक रहेको छ। भारतको विशेषता यही हो कि जहिलेपनि देश कुनै संकटमा हुन्छ, कुनै न कुनै महान विभूति आर्गदर्शनको निम्ति अगाड़ी आउछन्। श्रीनारायण गुरू यस्तै सन्त थिए, जसले समाजलाई नयाँ दिशा दिए।
प्रधानमन्त्री मोदीले शिवगिरी मठको साथ आफ्नो पुरानो सम्बन्धलाई याद गर्दै भने, उनले आफूलाई भाग्यशाली ठान्छन् कि यो मठ सदैव उनको साथ खड़ा रहेको छ। उनले 2013 को केदारनाथ आपदाको उल्लेख गर्दै भने, त्यस कठिन समयमा शिवगिरी मठले भारत सकारको सट्टा उनलाई सम्पर्क गऱ्यो, जब उनी केवल एक मुख्यमन्त्री थिए। उनले ‘वन अर्थ, वन हेल्थ’, ‘वन सन, वन वर्ल्ड, वन ग्रिड’ र ‘वन फेमिली, वन फ्यूचर’ जस्ता वैश्विक दृष्टिकोणहरूको उल्लेख गर्दै भारतको नेतृत्वको सराहना गरे। उनले भने, भारतले सतत विकासको लक्ष्यमा अग्रणी भूमिका निभाइरहेको छ।
प्रधानमन्त्रीले यो पनि भने, नयाँ राष्ट्रिय शिक्षा नीतिले न केवल शिक्षालाई समावेशी र आधुनिक बनाइऱहेको छ तर मातृभाषामा पढ़ाईलाई प्रोत्साहन दिएर पछौटे वर्गहरूलाई अगाड़ी ल्याइरहेको छ। शताब्दी समारोहको अवसरमा मोदीले भने, यो कार्यक्रम एक वैचारिक महाकुम्भ हो, जसले सामाजिक न्याय, एकता र आध्यात्मिक सद्भावका मूल्यहरूलाई सुदृढ़ बनाउने दिशामा महत्वपूर्ण योगदान दिनेछ।
यो एतिहासिक संवाद 12 मार्च 1925 मा शिवगिरी मठमा महात्मा गान्धी र श्रीनारायण गुरुबीच भएको थियो, जसमा वैकोम सत्याग्रह, धर्मान्तरण, अस्पृश्यता उन्मूलन, दलित उत्थान र मोक्ष जस्ता विषयहरूमाथि विचार भएको थियो। श्री नारायण धर्म संघम ट्रस्टद्वारा आयोजित यस आयोजनमा देशभरिका आध्यात्मिक र सामाजिक नेताहरूले हिस्सा लिइरहेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी