देहरादून, 24 जून (हि.स.)। उत्तराखण्डको उत्तरकाशी जिल्लामा यमुनोत्री धामको पैदल मार्गमा नौ कैंची भैरव मन्दिर नजिक हिजो गएको पैह्रोपछि माटोमा दबेर एक बालिका समेत दुई जनाको मृत्यु भयो जबकि दुई यात्रीको अहिले पनि अत्तोपत्तो छैन। एसडीआरएफ, पुलिस तथा वन विभागको टीमले मंगलवार बिहान 6.30 बजीदेखि पुनः खोज एवं बचाउ अभियान शुरू गरेको छ। यसबीच बिहान जिल्लाधिकारी प्रशान्त आर्य पनि घटनास्थलमा पुगे। जिल्लाधिकारीले घटनास्थलमा उपस्थित अधिकारीहरूबाट घटनाको सम्बन्धमा जानकारी लिए। उनले जियोलोजिस्टको टीमलाई तत्काल घटनास्थलको निरीक्षण गर्ने र पैह्रोको कारणहरूको पत्तो लगाउन घटस्थलमा पुग्ने निर्देश दिएका छन्।
जिल्ला आपातकालीन परिचालन केन्द्र अनुसार, खोज एवं बचाउ अभियान पुन: शुरू गरिएको छ। सबै यात्रीहरूलाई आवागमनको निम्ति अहिले रोकिएको छ, जसलाई वैकल्पिक मार्गबाट पठाउने कारबागी जारी छ। केन्द्र अनुसार, दुर्घटनामा मारिएका मानिसहरूको पहिचान हरिशंकर पुत्र ओमप्रकाश (47) र ख्याति (09) पुत्री हरिशंकर निवासी जौनपुर, उत्तर प्रदेशको रूपमा गरिएको छ। भाविका शर्मा (11) पुत्री जोय शर्मा निवासी बी-58, कृष्णा विहार, नयाँ दिल्ली र कमलेश जेठवा (35) पुत्र कान्तिबाई निवासी मुम्बई, महाराष्ट्र अहिले बेपत्ता छन्। दुवैको खोज जारी छ। यस दुर्घटनामा घाइते रशिक भाई पुत्र बसराम भाई निवासी मुम्बई, महाराष्ट्रलाई देहरादून रेफर गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी