इन्जीनियरिङ सीट आवंटन घोटालामा ईडीले कर्नाटकमा विभिन्न ठाउँ छापा माऱ्यो
ईडी


बेङ्गलुरू, 25 जून (हि.स.)। इन्जीनियरिङ सीट आवंटन घोटालाको जाँच गरिरहेको प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूले कर्नाटक राज्यमा विभिन्न ठाउँ छापा मारेको छ। सूत्रहरू अनुसार, ईडीको टीमले बेङ्गलुरू सहित 18 ठाउँ इन्जीनियरिङ कलेजहरू र कलेज शासी निकायका सदस्यहरूको घरमा छापा र निरीक्षणको कारबाही गरेको छ।

गत साल बेङ्गलुरूको मल्लेश्वरममा सीईएन पुलिस स्टेशनमा प्रतिष्ठित इन्जीनियरिङ कलेजहरूमा अवैध रूपमा सीटहरू आवंटित गरिएको मामिला दर्ता गरिएको थियो। पुलिसले यस मामिलामा मुख्य व्यक्ति सहित 10 भन्दा धेरै मानिसहरूलाई पक्राउ गरेको थियो।

कर्नाटक परीक्षा प्राधिकरणको एक कर्मचारीको मद्दतले प्राप्त पासवर्डको उपयोग गरी आरोपीले ती छात्रहरूको सीटहरू ब्लक गरिरहेका थिए, जसले सरकारी सीटहरू हासिल गरेका थिए तर कलेज रोजेका थिएनन्। फेरि उनीहरूले ती सीटहरूलाई लाखौं रूपियाँमा मेनेजमेन्ट कोटा अन्तर्गत अरूलाई बेचिरहेका थिए। यो धन्धा कलेज प्रबन्धन र मिडलम्यानहरूको मद्दतले चलिरहेको थियो। पुलिस जाँचमा थाहा लागेको छ, यो धन्धा तिनीहरूलाई लक्ष्य बनाएर गरिँदैथियो, जो कर्नाटक परीक्षा प्राधिकरणको काउन्सलिङमा सामेल भएका थिए तर कलेजको निम्ति चयनित भएका थिएनन्। ईडी अधिकारीहरूले घोटालामा धनको कथित अवैध हस्तान्तरणको छुट्टै जाँच शुरू गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande