कोलकाता, 25 जून (हि.स.)। ईरान-इजराइल सैन्य संघर्षबीच पश्चिम बंगाल निवासी कमल विश्वास मंगलवार साझँ सुरक्षित स्वदेश फर्के। कमल विश्वास पश्चिम बंगालको नदिया जिल्लाको बेताई क्षेत्रका निवासी हुन् र गत एक वर्षदेखि इजराइलको तेल अवीवमा एक कन्स्ट्रक्शन साइटमा काम गरिरहेका थिए। मंगलवार साझँ ठीक 6.12 बजी जब एयर इण्डियाको फ्लाइट एआई 2737 मा उनी कोलकाता एयरपोर्टमा पुगे तब उनको अनुहारमा राहतको साथ इजराइलमा भयमा बिताएका धेरै दिनहरूको याद पनि ताजा भयो।
उनले भने, न खाने मन थियो, न त सुत्ने। हरेक क्षण लाग्थ्यो कि अब ज्यान गयो। अब मलाई पैसा चाहिएन, केवल ज्यान चाहियो र मेरो परिवार चाहियो।
09 जूनदेखि इजराइलमा रकेट र मिसाइल हमलाहरूको शुरूआत भएको थियो। दिनहुँ मिसाइलहरू झरिरहेका थिए। बंकरमा पनि सुरक्षित महसूस हुन्थेन। धेरै पल्ट मोबाइलमा चेताउनी सन्देश आउथ्यो, फेरि सायरन बज्न थाल्थ्यो र हामीलाई मिसाइल हमला हुन लागेको छ भन्ने थाहा लाग्थ्यो।
कमल अनुसार, भारत सरकार र इजराइलमा भारतीय दूतावासको भूमिका धेरै सराहनीय रह्यो। उनको मद्दतले नै हामी सकुशल आफ्नो घर फर्किनसक्यौं। उनको साथ पश्चिम बंगालकै थप पाँच-छह जना त्यही विमानमा कोलकाता फर्केका छन्।
के उनी पुनः कामको सिलसिलामा इजराइल जान चाहन्छन् भन्ने प्रश्नको उत्तरमा कमलले भने, अहिले यस विषयमा केही भन्न सक्दिन। कामको खाँचो त छ नै, तर अहिलेपनि मनमा डर बसेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी