नयाँ दिल्ली, 25 जून (हि.स.)। देशभरिमा मनसून अब पूर्ण रूपमा सक्रिय भएको छ। धेरै राज्यहरूमा आज झमाझम पानी पर्ने अनुमान छ। भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले चेताउनी दिएको छ, आज देशका उत्तरी, पूर्वी, पश्चिमी र दक्षिणी हिस्साहरूमा धेरै ठाउँ तीव्र वर्षा, बिजुली-गर्जन र हूरी बतास चल्ने सम्भावना छ।
आईएमडी अनुसार, तटीय कर्नाटक, गुजरात, हरियाणा, चण्डीगढ़, दिल्ली, हिमाचल प्रदेश, जम्मू-कश्मीर, लद्दाख, गिलगित-बाल्टिस्तान, मुजफ्फराबाद, कोंकण, गोवा, मध्य महाराष्ट्र, ओडिशा, पञ्जाब, उत्तराखण्ड र पश्चिमी उत्तर प्रदेशमा केही ठाउँ अत्यधिक पानी पर्नसक्छ। यसको मध्यनजर स्थानीय मानिसहरूलाई सतर्क रहने सुझाउ दिइएको छ। यी क्षेत्रहरूमा पानी जमा हुने, पैह्रो र यातायातमा बाधा पुग्ने सम्भावना पनि बनेको छ।
अरूणाचल प्रदेश, असम, मेघालय, बिहार, छत्तीसगढ़, पूर्वी राजस्थान, आन्तरिक कर्नाटक, झारखण्ड, केरल, मध्य प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, सौराष्ट्र एवं कच्छ, विदर्भ, पश्चिम बंगाल र सिक्किम जस्ता क्षेत्रहरूमा पनि भारी वर्षाको आशंका छ। यी क्षेत्रहरूमा बिजुली चम्किने घटनाहरू पनि हुनसक्छ। केरल, लक्षद्वीप र उत्तराखण्डमा केही ठाउँ तीव्र हावा चल्नका साथ चट्याङ र बिजुली गर्जनको चेताउनी जारी गरिएको छ, जहाँ हावाको गति 40-50 किलोमीटर प्रति घण्टासम्म पुग्नसक्छ।
अण्डमान र निकोबार द्वीप समूह, बिहार, पश्चिम बंगाल, गुजरात, जम्मू-कश्मीर, लद्दाख, गिलगित-बाल्टिस्तान, मुजफ्फराबाद, झारखण्ड, मध्य महाराष्ट्र, मराठवाड़ा, ओडिशा, राजस्थान र पश्चिम मध्य प्रदेश जस्ता क्षेत्रहरूमा बिजुली र गर्जनको साथ पानी पर्ने सम्भावना छ। यी क्षेत्रहरूमा हावाको गति 30-40 किलोमीटर प्रति घण्टासम्म हुनसक्छ। यसका साथै अरुणाचल प्रदेश, असम, मेघालय, छत्तीसगढ़, तटीय आन्ध्र प्रदेश, तटीय कर्नाटक, पूर्वी मध्य प्रदेश, हरियाणा, चण्डीगढ़, दिल्ली, हिमाचल प्रदेश, आन्तरिक कर्नाटक, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, पञ्जाब, तेलंगाना, उत्तर प्रदेश, विदर्भमा हुरी बतास चल्ने चेताउनी दिइएको छ।
अरब सागरको पश्चिम-मध्य, पूर्व-मध्य, उत्तर र दक्षिणी हिस्साहरूमा पनि समुद्री गतिविधिहरूमा तीव्रता देखिनेछ, जहाँ हावाको गति 45- 55 किमी प्रति घण्टासम्म पुग्नसक्छ र केही ठाउँ यो 65 किमी प्रति घण्टासम्म पनि हुनसक्छ। पूर्व-मध्य र पश्चिम-मध्य बंगालको खाड़ी, कोंकण, गोवा, कर्नाटकका तटीय क्षेत्रहरू र ओडिशा र पश्चिम बंगालका तटीय क्षेत्रहरूमा पनि तीव्र हावा चल्ने सम्भावना छ। यी क्षेत्रहरूमा समुद्री गतिविधिहरूमा बाधा आउनसक्छ र मछुआराहरूलाई समुद्रमा नजाने सुझाउ दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी