ब्याङ्क ऋण धोकाधड़ी मामिलामा दिल्ली-एनसीआर र पञ्जाबमा ईडीको रेड
ईडी


नयाँ दिल्ली, 25 जून (हि.स.)। प्रवर्तन निदेशालय (ईडी) ले बुधवार 988 करोड़ रूपियाँको कथित ब्याङ्क ऋण धोकाधड़ी मामिलासित जोड़िएको मनी लन्ड्रिङ जाँच अन्तर्गत दिल्ली-एनसीआर र पञ्जाबमा धेरै ठाउँ छापा माऱ्यो।

आधिकारिक सूत्रहरू अनुसार, ईडीले 988 करोड़ रूपियाँको कथित ब्याङ्क ऋण धोकाधड़ीसित सम्बन्धित धनशोधन निवारण अधिनियम (पीएमएलए), 2002 मामिलामा दिल्ली-राष्ट्रिय राजधानी श्रेक्ष (एनसीआर) र पञ्जाबमा धेरै ठाउँ छापा मारेको छ।

यो कारबाही शिल्पी केबल्स टेक्नोलोजीज लिमिटेड (एसीटीएल) कम्पनीका प्रवर्तकहरू र केही सम्बद्ध संस्थाहरू विरूद्ध गरिएको छ। जानकारी अनुसार, धनशोधन रोकथाम अधिनियम (पीएमएलए), 2002 अन्तर्गत दिल्ली-एनसीआरमा 9 ठाउँ र एक परिसरमा यो छापामारी गरिएको छ।

उल्लेख्य, मनी लन्ड्रिङको यो मामिला केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) को एक प्राथमिकीले प्रकाशमा आयो, जसमा एससीटीएलका प्रवर्तकहरू र अन्य सहयोगीहरूद्वारा आईडीबीआई ब्याङ्क नेतृत्व ब्याङ्कहरूको संघसित 988 करोड़ रूपियाँको धोकाधड़ी गरेको आरोप छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande