छत्तीसगढ़का २० लाखका तीन इनामी नक्सलीहरूले महाराष्ट्रमा आत्मसमर्पण गरे
छत्तीसगढ़का २० लाखका तीन इनामी नक्सलीहरूले महाराष्ट्रमा आत्मसमर्पण गरे


जगदलपुर, १४ दिसम्बर (हि.स.)। नक्सलीहरूको एमएमसी (महाराष्ट्र–मध्यप्रदेश–छत्तीसगढ़) जोनअन्तर्गत दर्रेकसा एरिया कमिटीका कमाण्डरसहित छत्तीसगढ़का २० लाख इनामी तीन नक्सलीहरूले आइतबार महाराष्ट्रमा आत्मसमर्पण गरेका छन्।

महाराष्ट्रको गोन्दिया पुलिससमक्ष आत्मसमर्पण गर्ने नक्सलीहरूमा एमएमसी (महाराष्‍ट्र-मध्‍यप्रदेश-छत्‍तीसगढ़) जोनका दर्रेकसा एरिया कमीटीका कमान्डर र आठ लाखको इनामी रोशन उर्फ मारा इरिया वेदजा (35) निवासी गाउँ मेन्दरी, जिल्ला बीजापुर (छत्तीसगढ़ ) सहित दुई एसीएम क्याडरका नक्सली सुभाष उर्फ पोज्जा बंडू राववा (26) निवासी वेरापल्ली, उसूर तहसील, जिल्ला बीजापुर (छत्तीसगढ़ ) र रतन उर्फ मनकू ओमा पोय्याम (25) निवासी रेखापाल जिल्ला नारायणपुर (छत्तीसगढ़ ) सामेल छन्। यी दुवै नक्सलीमाथि छ–छ लाख रुपियाँको इनाम घोषणा गरिएको थियो।

छत्तीसगढ़का यी तीनै नक्सलीहरूले आज महाराष्ट्रको गोन्दिया पुलिस अधीक्षकसमक्ष हतियारसहित आत्मसमर्पण गरेका हुन्। उनीहरूमाथि कुल २० लाख रुपियाँको इनाम घोषित थियो।

गोन्दिया पुलिस अधीक्षक निखिल पिंगलेले यस कुराको पुष्टि गर्दै बताएअनुसार, आत्मसमर्पण गर्ने नक्सलीहरूले हतियारसमेत बुझाएका छन्। रोशन उर्फ मारा इरिया वेदजाबाट एक एसएलआर बन्दुक, दुई म्यागजिन र २५ राउन्ड बरामद गरिएको छ। सुभाष उर्फ पोज्जा बण्डू राववाको कब्जाबाट एक एसएलआर, दुई म्यागजिन र २३ राउन्ड फेला परेका छन्। रतन उर्फ मनकू ओमा पोयमबाट एक ८ एमएमको हतियार, एक म्यागजिन र १५ राउन्ड बरामद गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande