फेरि गर्मियो गोर्खाल्याण्डको मुद्दा, गोर्खा नेताको नितिन नवीनसित भेट
भाजपा


दार्जीलिङ, 02 मार्च (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउअघि गोर्खाल्याण्डको मुद्दा फेरि एक पटक राजनीतिक छलफलको विषय बनेको छ। सोमवार राष्ट्रिय स्तरका भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनसँगको भेटमा गोर्खा समुदायका प्रतिनिधिहरूले आफ्नो लामो समयदेखिको माग दोहोऱ्याए।

गोर्खा नेताहरूले स्पष्ट रूपमा भने कि यदि गोर्खाल्याण्डको निर्माण सम्भव छैन भने, उत्तर बंगाललाई केन्द्र शासित प्रदेश बनाउनुपर्छ। बैठक बंगाल भाजपाको परिवर्तन यात्रा को क्रममा सिलगढ़ीमा भयो, जहाँ गोर्खा समुदायका प्रतिनिधिहरूले परम्परागत गोर्खा टोपी लगाएर नितिन नवीनलाई स्वागत गरे।

बैठकमा गोर्खा समुदायले पहाड़ी क्षेत्रमा विभिन्न समस्याहरूमाथि प्रकाश पार्दै भने कि 2007 को आन्दोलनपछि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) गठन गरिएको थियो तर कुनै समाधान हुन सकेन। लामो समयदेखि गोर्खाल्याण्डको लागि आन्दोलन गर्दै आएको गोर्खा समुदायले राज्य सरकार यस मुद्दामा गम्भीर नभएको बताएको छ।

राजनीतिक विश्लेषकहरूको भऩाई छ कि राज्य विभाजनको मुद्दा भाजपाको लागि पनि संवेदनशील छ तर यस पटक गोर्खाहरूले विकल्पको रूपमा उत्तर बंगाललाई केन्द्र शासित प्रदेश बनाउने माग उठाएका छन्। बैठकपछि दार्जीलिङका भाजपा विधायक नीरज जिम्बाले भने कि गोर्खाहरूसँग बैठक हुँदा गोर्खाल्याण्डको मुद्दा उठ्नु स्वाभाविक हो। दार्जीलिङका भाजपा सांसद राजु बिष्टले भने, सबैलाई आफ्नो विचार व्यक्त गर्ने अधिकार छ।

भाजपाले चाहन्छ कि सबै मुद्दाहरू वार्ताबाट समाधान होस्। यदि 2026 मा भाजपाले राज्यमा सरकार बनायो भने पहाड़ी समस्याको स्थायी समाधान निश्चित रूपमा फेला पर्नेछ। सिलगढ़ीका भाजपा विधायक शंकर घोषले भने, बैठकमा के छलफल भयो भन्ने बारेमा उनीसँग पूर्ण विवरण नभएपनि पार्टीले सन्तुलन कायम राख्दै पहाड़ी समस्याको समाधान खोज्नेछ।

उल्लेख्य, भाजपाले लामो समयदेखि पहाड़ी क्षेत्रहरूमा समर्थन प्राप्त गर्दै आएको छ र दार्जीलिङ लोकसभा सिटमा लगातार जित हासिल गर्दै आएको छ। यसको बाबजुद पनि गोर्खा समुदायले आफ्ना मागहरू अझै पूरा नभएको आरोप लगाउँछन्। यस पृष्ठभूमिमा मध्यस्थकर्ताको रूपमा नियुक्त नितिन नवीनको केन्द्र सरकारसँगको भेटलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande