प्रयागराज, 26 जून (हि.स.)। पर्यावरण संरक्षणको ध्येय लिएर प्रयागराज जिल्लाका 153 वटा स्थानहरूलाई चयन गरिएको छ जहाँ मियावकी पद्धतिबाट बिरूवा रोपण गरेर जंगल बनाइनेछ। सो जानकारी बिहीवार उपायुक्त श्रम रोजगार डीसी मनरेगा गुलाब चन्द्रले दिएका हुन्।
उनले बताए, पर्यावरण संरक्षणको दिशामा पदक्षेप लिँदै प्रयागराज जिल्लामा 36 लाख 29 हजार वृक्षरोपणको लक्ष्य निर्धारण गरिएको छ। यस अतिरिक्त मियावाकी पद्धतिबाट प्रयागराजमा जंगल तयार गर्नका लागि 153 वटा नयाँ स्थानहरूलाई चयन गरिएको छ जहाँ मियावकी पद्धतिद्वारा तयार गरिएका बिरूवाहरू रोपेर जंगल तयार पारिनेछ।
मियावकी पद्धतिबाट प्रयागराजमा ठूलो संख्यामा जंगल बनाइसकिएको छ जस्तै फूलपुर इफको, केवट बानजिल्लाको यमुना पारीको क्षेत्रमा यस प्रकारको जंगल व्यापक मात्रामा तयार भइसकेको छ जहाँ विभिन्न प्रकारका बिरूवाहरू तयार भइसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा