कोलकाता, 26 जून (हि.स.)। तृणमूल कंग्रेसद्वारा प्रतिवर्ष आयोजना गरिने 21 जुलाईको शहीददिवस एक राजनीतिक सभा मात्र नभएर पार्टी कार्यकर्ताहरूको लागि एक भावनात्मक दिन पनि हो। वर्ष-प्रतिवर्ष यस दिनको भीड़ एवं उत्साहले नयाँ कीर्तिमान रच्दै आइरहेको छ। यस वर्षको तयारीलाई लिएर मुख्यमन्त्री अनि पार्टी प्रमुख ममता ब्यनरजीले विधायकहरूलाई सोझै रूपमा जिम्मेवारी सुम्पिएकी छन्।
हालैमा सम्पन्न विधानसभाको मनसुन सत्रको अन्तिम दिन ममता ब्यनर्जीले सबै मन्त्री तथा विधायकहरूसित व्यक्तिगत रूपमा भेट गरेर उनीहरूको क्षेत्रको स्थितिको जानकारी मात्र लिइन जबकि आगामी 21 जुलाईको सभालाई लिएर पनि एक स्पष्ट सन्देश दिइन्। उनले उनीहरूलाई यो सुनिश्चित गर्ने आग्रह गरिन्, कार्यकर्ताहरू सही ढंगमा सभामा आउन्। यसको लागि समय छँदै पूर्ण तयारी गरियोस्। यो सभा अत्यन्त महत्वपूर्ण छ।
मुख्यमन्त्रीले हालैमा राजस्थानमा बंगाली भाषी प्रवासी श्रमिकहरूलाई रोकिएको घटनाको उल्लेख गर्दै त्यसको संवेदनशीलतालाई रेखांंकित गरिन्। उनले बताइन्, यस घटनाको जानकारी पाउनसाथ उनले तत्काल हस्तक्षेप गर्दै प्रवासी श्रमिकहरूलाई सहयोग गरिन्। यस संवेदनशीलतालाई पनि उनले आगामी 21 जुलाईको सभाको सन्दर्भसित जोड़्दै विधायकहरूलाई सजग बस्ने सल्लाह दिइन्।
एकजना नेताले बताए, पार्टीका वरिष्ठ नेताहरूलाई पहिलाबाटै यसपालिको सभाको भव्यता सुनिश्चित गर्न भनिसकिएको छ। अब ममता ब्यनर्जी स्वयंले विधायकहरूलाई यो जिम्मेवारी दिएकी छन् कि उनीहरूले आ-आफ्नो क्षेत्रमा कार्यकर्ताहरूको सहभागिता सुनिश्चित गरुन् ताकि यो सभा रेकर्ड भीड़ सहित सफल होस्।
मुख्यमन्त्रीले यसपूर्व बाढ़ीको स्थितिलाई लिएर विधायकहरूलाई निर्देश दिएकी थिइन्। डीभीसीबाट पानी छोड़िएकोमा रोष व्यक्त गर्दै उनले स्पष्ट पारेकी थिइन्, सरकारलाई जानकारी नदिई पानी छोड़्नु स्वीकार्य हुनेछैन। यसैलाई ध्यानमाराखेर उनले विधानसभा सत्रको समयलाई घटाएर नेताहरूलाई बाड़ी प्रभावित क्षेत्रहरूमा जाने निर्देश पनि दिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा