तीनधारेको भानु ग्राम क्षेत्रमा मैलाहरु थुप्रेर क्षेत्र नै दुर्गन्धित
तीनधारेको भानु ग्राम क्षेत्रमा मैलाहरु थुप्रेर क्षेत्र नै दुर्गन्धित


खरसाङ, 26 जून (हि.स.)। लगातार परिरहेको पानीले तीनधारेको तल्लो गोलाई, भानु ग्राम क्षेत्रमा मैलाहरुको थुप्रो लागेको छ। यस क्षेत्रमा मास्तिरबाट मैला पानी बगेर साथै मैला पानीले मैलाहरु बगाएर ल्याएको स्थानीयहरुले बताएका छन्। पानीले बगाएर ल्याएका विभिन्न प्रकारका मैलाहरू स्थानीय मानिसहरूका घर अगाडि थुप्रो लागेको बताइएको छ।

सबै मैलाहरु भानु ग्राम क्षेत्र अन्तर्गत राष्ट्रिय राजमार्ग र रेल लाइन क्षेत्रमा थुप्रिएकाले यो क्षेत्र नै मैलाखानी बनेको स्थानीयहरुका पक्षमा दिपक प्रधानले बताएका छन्। उनले विभिन्न प्रकारका मैलाहरुको थुप्रो लागेपछि सम्पूर्ण क्षेत्रमा नै दुर्गन्ध फैलिएको बताएका छन्। उनले बर्खाको मौसममा यसरी प्रयोग गरिसकेको मैलाहरु जथाभावी फ्याँक्न नहुने अपील गरेका छन्। सभ्य समाजका शिक्षित अनि समाज सेवकहरु भएर यसरी जथाभावी मैला फ्याँक्न नहुने बताए।

प्रधानले यस्ता असभ्य कार्य गर्नेहरुलाई सम्बन्धित निकायले उचित कार्यबाही गर्नुपर्छ भनी निवेदन पनि गरेका छन्। उनले सभ्य समाज र शिक्षित मानिसहरुलाई यस्तो कार्य नसुहाउने र यस्ता कार्य गर्नु अघि सचेत बन्न आह्वान पनि गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande