सभासद नुरी शेर्पाद्वारा दिलराम शान्ति गाउँको छड्के भ्रमण
सभासद नुरी शेर्पाद्वारा दिलराम शान्ति गाउँको छड्के भ्रमण


सोनादा, 26 जून (हि.स.)। टुङ सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पाले बिहिवार दिलराम शान्ति गाउँको छड्के भ्रमण गरेका छन्। टुङ सन्तमेरिज समष्टि अन्तर्गत दिलाराम चियाबारीस्थित शान्ति गाउँमा निर्माण भइरहेको बाटोको जानकारी लिन बिहिवार उक्त क्षेत्रमा समष्टिका सभासद शेर्पाले छड्के भ्रमण गरेका थिए।

दिलारामको शान्ति गाउँमा निर्माण भइरहेको अलकत्रे सडक अति नै राम्रो प्रकारले बनिएकोमा सम्बन्धित एजेन्सीलाई हार्दिक धन्यवाद प्रकट गर्दै स्थानीय ग्रामवासीहरुलाई पनि सभासदले बधाई टक्राएका छन्। यसरी बुनियाँदी ग्रामीण विकासको कार्यमा अघि बढिरहेको टुङ सन्तमेरिज समष्टिभित्र थुप्रै विकासमूलक कार्यहरु भइरहेको तथा धेरै कार्यहरु भइसकेकोमा आफू एक जनप्रतिनिधिको रुपमा सन्तुष्ट रहेको सभासदले बताएका छन्।

यस अवसरमा सभासद नुरी शेर्पाले क्षेत्रको विकास नै हाम्रो मूल संकल्प रहेको अनि 'कर्म नै हाम्रो सिद्धान्त‌' भन्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाको भनाई छ, जुन यहाँ चरितार्थ भएको बताएका छन्। सभासद शेर्पाद्वारा गरिएको छड्के भ्रमणमा सन्तमेरिज 1 ग्राम पञ्चायतका सदस्या रेणुका राई, स्थानीय भागोप्रमो प्रतिनिधिहरु रञ्जीप तामङ र अरुणा तामाङ उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande