भारत-बंगलादेश सीमा नजिक बीएसफले समात्यो 20 वटा सुनको बिस्किट, अनुमानित मूल्य 2.31 करोड़ रुपियाँ
भारत-बंगलादेश सीमा नजिक बीएसफले समात्यो 20 वटा सुनको बिस्किट, अनुमानित मूल्य 2.31 करोड़ रुपियाँ


कोलकाता, 26 जून (हि.स.)। उत्तर 24 परगना जिल्लाको भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमा नजिक सीमा सुरक्षा बल (बीएसएफ)-ले 20वटा सुनको बिस्किट जफ्त गरेको छ। यस आशयको जानकारी एकजना अधिकारीले बिहीवार दिएका हुन्।

बीएसएफको 59औं बटालियनका जवानहरूले बुधवार जीतपुर सीमा चौकी नजिक एकजना संदिग्ध साइकल सवारलाई रोकेर जाँच गरे जसमा साइकलको पछाड़िको चक्कामा असामान्य वस्तु देखियो जसको जाँच गर्दा त्यसमा 20 वटा सुनका बिस्किटहरू थिए। जफ्त गरिएको सुनको वजन 2.367 किलोग्राम छ जसको बजार मूल्य अनुमानित 2.31 करोड़ रुपियाँभन्दा अधिक रहेको बताइएको छ। तथापि संदिग्ध व्यक्ति भने घटनास्थलबाट भाग्न सफल भयो। बीएसएफ अधिकारीले बताए, जफ्त गरिएको सुनलाई सम्बन्धित अधिकारीहरू कहाँ सुम्पिइएको छ।

उल्लेखनीय छ, यसको एक दिनअघि मंगलवार बीएसएफको 67औं बटालियनका जवानहरूले लक्ष्मीपुर सीमा चौकी नजिक लगभग 2.43 करोड़ रुपियाँको सुन जफ्त गरेको थियो। बीएसएफले अन्तर्राष्ट्रिय सीमामा तस्करीका प्रयासहरूलाई विफल बनाउनका लागि निरन्तर अभियान संचालन गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande