मनरेगाको काममा 50 लाख रुपियाँको अनियमितता भएको आरोप, नामखानामा शुरू भयो खैलाबैला
मनरेगाको काममा 50 लाख रुपियाँको अनियमितता भएको आरोप, नामखानामा शुरू भयो खैलाबैला


कोलकाता, 26 जून (हि. स.)।दक्षिण 24 परगनाको नामखाना ब्लकमा मनरेगा अर्थात सय दिने काममा करोड़ौं रुपियाँ धाँधली भएको मामिला सामू आएको छ। वर्ष 2021-22 का परियोजनाहरू अन्तर्गत दुईवटा भवन र एउटा कंक्रिटको सड़क निर्माणमा 50 लाख रुपियाँभन्दा अधिक धनराशि खर्च भएको देखाइएको छ, तर वास्तविकतामा न त भवन छ, न त सड़कको गुणस्तर खर्चको अनुपातमा छ।

स्थानीय मानिसहरू तथा विपक्षले आरोप लगाएका छन्, निर्माण कार्यमा संलिप्त ठेकादार र उसकी पत्नी स्वयं मनरेगा जब कार्ड धारक हुन् र उनीहरूको नाममा पारिश्रमिक पनि निकालिएको छ। दुई वर्ष बितिसक्दा पनि प्रशासनद्वारा कुनै प्रकारको जाँच नगरिएकोले स्थानीय मानिसहरूमा रोष व्याप्त भएको छ।

केन्द्रय सरकारको पोर्टलमा उपलब्ध जानकारी मुताविक नामखाना बीडीओ कार्यालय परिसरमा महिला स्वयं सहायता समूहको लागि एउटा भवन, खाद्यान्न भण्डारणको लागि एउटा स्टोर हाउस र एउटा कंक्रिटको सड़क निर्माणमा 50 लाख रुपियाँभन्दा अधिक राशि खर्च गरिएको छ। तर स्थानीय स्नेहाशिष गिरीको भनाइ छ, वास्तविकतामा यी परियोजनाहरूो कुनै अस्तित्व छैन। उनले सम्बन्धमा दक्षिण 24 परगनाका जिल्लाधिकारीलाई लिखित सिकायत पनि दिएका छन्, तर अहिलेसम्म जाँच शुरू भएको छैन।

भाजपाको मथुरापुर सांगठनिक जिल्ला समितिका सदस्य शिवप्रसाद प्रामाणिकले भने, यस्तै कारणहरूले गर्दा केन्द्र सरकारले सय दिने रोजगारको योजनामा फण्ड दिन बन्द गरेको थियो। अब यो योजना शुरू भएको छ सँगसँगै भ्रष्टाचार पनि शुरू भएको छ। यसमा प्रशासनदेखि लिएर सत्तारूढ़ दलका नेताहरूसम्म सामेल छन्।

पूर्व पञ्चायत समिति अध्यक्ष कल्पना माली मण्डलले बिहीवार दाबी गरिन्, उनको कार्यकालमा बीडीओ परिसरमा यस प्रकारको कुनै परियोजना शुरू भएको थिएन। वर्तमान पञ्चायत समिति अध्यक्ष एवं तृणमूल नेता अभिषेक दासले भने, बीडीओ परिसरमा यस्तो कुनै कार्य भएको छ कि छैन हेर्नुपर्छ। बंगालमा केन्द्र सरकारले उपेक्षा गरेको कारणले काम ठप्प भएको छ। हुनसक्छ यो भ्रष्टाचार गुजरातमा भएको हो!

ठेकादार अशोक मालीले आफूमाथि लागेका आरोपहरूको सन्दर्भमा भने, मलाई जब कार्डसित सम्बन्धित जानकारी छन, तर अहिलेसम्म मैले काम गरेको पैसा प्राप्त भएको छैन।

नामखानाका बीडीओ अमित साउले भने, यदि सिकायत प्राप्त भए निश्चित रूपमा जाँच हुनेछ। यो तीन वर्ष पुरानो घटना हो, मामिलाको गम्भीर रूपमा जाँच गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande