नयाँ दिल्ली, 26 जून (हि.स.)। दिल्लीका गृह मन्त्री आशिष सूदले बिहीवार दिल्लीको सराय काले खाँस्थित पाँचवटा रैन बसेराहरूको निरीक्षण गरे। निरीक्षणको क्रममा व्यवस्थाहरूमा गम्भीर कमी-कमजोरी तथा एनजीओको सम्भावित मिलीभगतको संंकेत पाइयो। दिल्ली शहरी आश्रय सुधार बोर्ड औ यसलाई संचालन गर्ने एनजीओलाई हप्काउँदै उनले चेताउनी यसप्रकारको लापरवारी र भ्रष्टाचारलाई सहन गर्नेछैन। उनले दिल्ली शहरी आश्रय सुधार बोर्डका अधिकारीहरूको जिम्मेवारी तय गर्ने निर्देश समेत दिए।
भनिन्छ, दिल्ली सरकारलाई विगत लामो समयदेखिकै रैन बसेराहरूको व्यवस्था अनि प्रबन्धनको बारेमा लगातार सिकायतहरू प्राप्त भइरहेको छ। यी रैन बसेराहरूमा पछिल्लो सरकारको कार्यकालदेखि नै एनजीओसित मिलेर घोटाला अनि भ्रष्टाचार गरिँदैछ। पछिल्लो सरकारले सयकड़ौं मानिसहरूलाई यी रैन बसेराहरूको हेरचाह गर्नको लागि नियुक्ति गरेको थियो।
बिहिवार छड़्के भ्रमणको क्रममा कतै पनि कुनै उपस्थितिको रजिस्टर पाइएन। 5-6 हजार रुपियाँमा कार्यरत् श्रमिकहरूलाई शोषण गरेर सफाई कर्मचारी वा यहाँको प्रबन्धनद्वारा काममा लगाइएको छ जसको सट्टामा उनीहरूले सरकारबाट लाखौं रुपियाँ असुल गरिरहेका छन्। हामी यसको जाँच भिजिलेन्सबाट गराउनेछौं अनि आवश्यकता परे सीबीआईबाट पनि जाँच गराउनेछौं।
सूदले भने, यी गरीबहरूसित जसलाई आश्रय दिनु, जसको सेवा गर्नु सरकारी रूपमा हाम्रो दायित्व हो, भइरहेको भ्रष्टाचारविरूद्ध हामी मौन बस्नेछैनौं। उनले भने, हामी रैन बसेराहरूलाई संचालन गर्ने एनजीओ तथा पछिल्लो सरकारका भ्रष्ट नेताहरूसित मिलेका मानिसहरूलाई कैयौं पटक चेताउनी पनि दिसकेका छौं। तर कुनै फरक पाइएन। मलाई के लागिरहेको छ भने अब यसको गम्भीर जाँच गर्ने समय आइसकेको छ। आवश्यक भए सीबीआई जाँच पनि गराइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा