माकपाले महिला पत्रकारसित दुर्व्यवहारका आरोपी तन्मय भट्टचार्यको निलम्बनलाई समाप्त गरिदियो
माकपाले महिला पत्रकारसित दुर्व्यवहारका आरोपी तन्मय भट्टचार्यको निलम्बनलाई समाप्त गरिदियो


कोलकाता, 26 जून (हि.स.)। माकपाले आफ्ना वरिष्ठ नेता एवं पूर्व विधायक तन्मय भट्टचार्यको निलम्बनलाई समाप्त गरिदिएको छ। उनीमाथि एकजना महिला पत्रकारसित अनुचित व्यवहार गरेको आरोप लागेको थियो जो स्थानीय एक अडियो-भिजुअल समाचार पोर्टलसित सम्बन्धित थिइन्।

पार्टीको राज्य समितिका एकजना सदस्यले बिहीवार बिहान जानकारी गराए, दुई दिवसीय राज्य समितिको बैठक पश्चात गए बुधवार राती यो निर्णय लिइएको हो। यस निर्णय अन्तर्गत अब तन्मय भट्टचार्यलाई कोलकातास्थित पार्टीको राज्य मुख्यालयबाट काम गर्ने अनुमति दिइएकोछ।

यो मामिला 27 अक्टुबर, 2024-मा त्यसबेला प्रकाशमा आएको थियो जतिबेला उक्त महिला पत्रकारले सोशल मीडियामा एउटा भीडियो साझा गर्दै आरोप लगाएकी थिइन्, तिनी तन्म भट्टचार्यको साक्षात्कार लिनका लागि उनको आवासमा पुग्दा उनले अनुचित व्यवहार गरे अनि कथित रूपमा उनको काखमा बसाए।

उपरोक्त आरोपहरूपछि पार्टीले तत्काल उनलाई निलम्बन गरिदिएको थियो साथै पार्टीको आन्तरिक सिकायत समितिलाई मामिलाको जाँच सुम्पिएको थियो। जाँंचपछि उनको निलम्बनलाई एकपटकको लागि समाप्त गरिएको थियो, तर केही दिनपछि पुनः उनलाई छः महिनाको लागि पार्टीबाट निलम्बन गरिएकोथियो।

राज्य समितिका एकजना सदस्यले बताए, “निलम्बनको अवधि उनले पार्टी नेतृत्वविरूद्ध कुनै बयान दिएनन् न त कुनै षड़यन्त्रको कुरा गरे। यो पनि निलम्बनलाई हटाउे निर्णयमा एउटा महत्वपूर्ण कारण बन्यो।” पार्टीको पक्षबाट स्पष्ट पारिएको छ, अब तन्मय भट्टचार्यले पुनः सक्रिय रूपमा पार्टीको संगठनात्मक कार्यमा भाग लिन सक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande