तिनसुकिया (असम), 26 जून (हि.स.)। तिनसुकिया जिल्लाको डिगबोई क्षेत्रमा भयानक आगलागी भयो। यस घटनामा हेर्दा-हेर्दै आगोले पाँच वटा पसलहरूलाई खरानी बनाइदियो।
पुलिसले बिहीवार बतायो, बितेको राति जिल्लाको सिंगराई बजार नजिक आगो लागेको जानकारी पाउनसाथ घटनास्थलमा पुगेर अग्निशमनका कर्मचारीहरू आगोलाई निभाउनमा जुटे। तर आगोलाई निभाइ सक्दा-नसक्दा आभूषणका दुईवटा पसल सहित पाँचवटा पसलहरू जलेर पूर्ण रूपले खरानी भइसकेको थियो।
भनिन्छ, आगो सबैभन्दा पहिला एउटा आभूषम पसलमा लागेको थियो जसले हेर्दा-हेर्दै अन्य पसलहरूलाई पनि आफ्नो चपेटमा लियो। आगलागीको कारण लाखौं रुपियाँको क्षति भएको छ।
तथापि आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। पुलिसले शर्ट सर्किटले गर्दा आगो लागेको हुनसक्ने आशंका व्यक्त गरेको छ। घटनाको सिलसिलामा पुलिसले प्राथमिकी दर्ता गरी जाँच गरिरहेको छ। यस घटनामा कुनै प्रकारको ज्यान हानि भएको समाचार प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा