गुवाहाटी, 26 जून (हि.स.)। राज्यपाल लक्ष्मण प्रसाद आचार्यले पत्नी सहित बिहीवार बिहान अम्बुबासी महायोगको निवृत्तिको अवसरमा कामाख्या मन्दिरमा पूजा-अर्चना गरे। अम्बुबासी मेलाको समापनपछि पवित्र मन्दिरलाई आज बिहान पूजा-पाठ गरेर आम मानिसहरूको लागि खोलिएको छ। अम्बुबासी महायोगको कारणले मन्दिरको कपाट गत 22 जूनदेखि बन्द थियो।
राज्यपाल गुवाहाटीको नीलाचल पहाड़मा अवस्थित ऐतिहासिक मन्दिरमा हजारौं श्रद्धालुहरूको साथमा सामेल भए जहाँ निवृत नामक वार्षिक अनुष्ठानपछि पहिलो पटक दर्शनको लागि तिर्थ यात्रीहरूको भीड़ उर्लियो।
यस अवसरमा पत्रकारहरूसित बातचित गर्दै राज्यपालले भने, मैले विकसित भारतको निर्माण अनि भारतको विकासलाई अगाढ़ि बढ़ाउने प्रधानमन्त्री मोदीको मिशनमा उनको शक्तिको लागि प्रार्थना गरेँ। उनले भने, श्रद्धालुहरूको लागि सुगम दर्शन सुनिश्चित गर्नका लागि मन्दिरमा व्यवस्था राम्रोसितले गरिएको छ। उनले भने,
पूर्वी भारतका आध्यात्मिक रूपमा सबैभन्दा महत्वपूर्ण पर्वहरूमध्ये एक अम्बुबासी मेला, देवी कामाख्याको वार्षिक मासिक धर्म चक्रको प्रतीक हो जसलाई शक्ति (दिव्य स्त्री ऊर्जा)- को शक्तिशाली अवतारको रूपमा मानिन्छ। गत 22 जूनमा प्रवृति अनुष्ठानपछि मन्दिरको कपाट बन्द गरिएको थियो भने आज 26 जूनदेखिको भक्तहरूको लागि खोलिएको छ।
प्रत्येक वर्ष आयोजना हुने यो चार दिवसीय उत्सवले सम्पूर्ण भारत अनि विदेशहरूबाट आउने लाखौं तिर्थ यात्रीहरूलाई आकर्षित गर्दछ। तान्त्रिक प्रथानहरूको केन्द्रको रूपमा चिनिने कामाख्या मन्दि देशका 51 वटा शक्तिपीठहरूमध्ये सबैभन्दा पुरानो र सबैभन्दा पवित्र मन्दिरहरूमध्ये एक हो। यस वर्ष अम्बुबासी मेला गत आइतवार पारम्पिरक अनुष्ठानहरूको साथमा शुरू भयो भने आस्था, रहस्यवाद एवं सांस्कृतिक जीवन्तताको थप अर्को संगमलाई चिन्हित गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा