कोलकाता, 26 जून (हि.स.)। दक्षिण बंगालमा फेरि एउटा चक्रवात सक्रिय भएको छ जसबाट केही जिल्लाहरूमा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।
अलिपुर मौसम विभाग अनुसार यस्तो स्थिति आगामी 28 जूनसम्म यथावत रहनेछ। मौसम विभागले आजदेखि आगामी केही दिनसम्म बंगालका विभिन्न जिल्लाहरूमा यल्लो अनि अरेञ्ज अलर्ट जारी गरेको छ। कोलकातामा आज अधिकतम तापमान 33 डिग्री सेल्सियस औ न्यूनतम तापमान 27 डिग्री सेल्सियस रहने सम्भावना छ।
आज पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा औ पश्चिम बर्दमान जिल्लामा भारी वर्षा सहित 30-40 प्रतिघण्टाको गतिले हावा चल्ने सम्भावना छ। 27 जून, रथयात्राको दिन पनि दक्षिण बंगालका केही भागहरूमा तीव्र वर्षा हुनसक्छ तथापि पूर्व मेदिनीपुरमा वर्षा अपेक्षाकृत कम हुनेछ। बीरभूम, पूर्व एवं पश्चिम बर्दमान, पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया औ बाँकुड़ा जिल्लामा यल्लो अलर्ट जारी गरिएको छ।
उत्तर बंगालमा पनि मौसम बिग्रिने सम्भावना छ। जलपाईगुड़ीमा आज मुसलधारे पानी पर्ने चेताउनी दिइएको छ भने दार्जीलिङ र अलिपुरमा तीव्र हावा चल्ने अनुमान लगाइएको छ।
आगामी एक जुलाईसम्म बंगालभरि नै निरन्तर पानी पर्नसक्छ। आगामी 28 जुलाईमा उत्तर बंगालका पाँचवटा जिल्लाहरू क्रमैले जलपाईगुड़ी, अलिपुरद्वार, दार्जीलिङ, कालेबुङ र कुचबिहारमा पनि घना वर्षा हुने सम्भावना छ भने जलपाईगुड़ी र अलिपुरद्वारको लागि अरेञ्ज अलर्ट जारी गरिएको छ।
आगामी 29 जूनमा यी जिल्लाहरूमा यल्लो अलर्ट, 30 जूनमा जलपाईगुड़ी, कुचबिहार, उत्तर अनि दक्षिण दिनाजपुरमा घना वर्षा हुने चेताउनी छ। यसरी नै आगामी 01जुलाईमा जलपाईगुड़ी सँगसँगै दक्षिण बंगालका उत्तर अनि दक्षिण 24 परगनामा पनि घना वर्षाको यल्लो अलर्ट रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा