कोलकाता, 26 जून (हि.स.)। 26 जून, अन्तर्राष्ट्रिय मादक पदार्थ विरोधी दिवसको अवसरमा कोलकाता पुलिसद्वारा केही जागरणमूलक कार्यक्रमहरू आयोजना गरियो जुन कोलकाता पुलिसको बडगागर्ड लाइन परिसरमा सम्पन्न भयो। यस अवसरमा कोलाकाता पुलिसका कमिश्नर मनोज वर्मा, राज्यकी मन्त्री शशि पाञ्जा एवं अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
कार्यक्रमको उद्देश्य समाजमा द्रूत गतिमा फैलिरहेको नशाको लतविरूद्ध जागरूकता फैलाउनु थियो, किनभने यो लतले युवाहरूको भविष्यमा गहिरो नोक्सान पुऱ्याइरहेको छ। कार्यक्रममा फिल्म जगतका प्रसिद्ध हस्तिद्वय अनिर्बाण चक्रवर्ती र प्रियंका सरकार लगायत केही विद्यालयका विद्यार्थी अनि नशा त्यागिसकेका युवाहरू सामेल भए।
कार्यक्रमको शुरुआत एक जागरूकता पदयात्राबाट भयो जसमा नशा मुक्तिको सन्देश दिइयो। त्यसपछि कोलकाता पुलिसको अडिटोरियममा सांस्कृतिक एवं प्रेरणाात्मक कार्यक्रमहरू आयोजना गरियो।
यस अवसरमा कोलकाता पुलिस कमिश्नर मनोज वर्माले भने, देशका सब मेट्रो शहरहरूको तुलनामा कोलकाता ड्रग्सविरूद्ध सबैभन्दा अधिक जागरूक र सतर्क शहर हो। पुलिसले लगातार नजर राखिरहेको छ, ड्रग्स कहाँबाट आइरहेको र कसरी वितरण गरिँदैछ ताकि सुरक्षा व्यवस्थालाई अझ सुदृढ़ बनाउन सकियोस्। उनले भने, हाल हामी पूर्ण रूपले नशामुक्त भएका छैनौं, तर कतिपय चयनित क्षेत्रहरूसम्म पुग्न र त्यसलाई नशामुक्त बनाउने प्रयास जारी छ।
कार्यक्रममा राज्यकी मन्त्री शशि पाञ्जाले भनिन्, राज्यमा लगभग 75-80 वटा नशा मुक्ति केन्द्रहरू सक्रिय छन् जुन सरकारबाट पञ्जीकृत छन् जसमध्ये 8-10 वटा संस्थाहरूले प्रत्यक्ष रूपमा सरकारसित मिलेर काम गरिरहेको छ। यी केन्द्रहरूको सहयोगबाट नशाविरूद्ध अधिक प्रभावशाली ढंगमा काम गरिँदैछ।
मन्त्रीले चिन्ता व्यक्त गरिन्, ड्रग्स तस्करहरूले अब स्कूल र कलेजका विद्यार्थीहरूलाई लक्ष्य बनाइरहेका छन् ताकि उनीहरूलाई नशाको कुलतमा फसाएर समाजलाई बिगार्न सकियोस्। उनले युवाहरूसित अपील गरिन्, उनीहरू यस्तो कुनै पनि प्रलोभनमा नफसुन्, किनभने यसलाई तपाईहरको जीवनलाई अन्धकारमा धकेल्छ र समाजलाई पनि नोक्सान पुऱ्याउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा