एगरा कलेजको केमिस्ट्री ल्याबमा भीषण आगलागी, करोडौंको सम्पत्ति स्वाहा
एगरा कलेजको केमिस्ट्री ल्याबमा भीषण आगलागी, करोडौंको सम्पत्ति स्वाहा


कान्थी, 26 जून (हि. स.)। पूर्व मेदिनीपुर जिल्ला अन्तर्गत एगरा सारदा शशिभूषण कलेजमा बिहीवार बिहान भयानक आगलागी भयो। कलेज परिसरस्थित साइन्स बिल्डिंगको केमिस्ट्री ल्याबमा अचानक आगो लाग्यो जसमा करोड़ौं रुपियाँको सम्पत्ति जलेर खरानी भयो।

जानकारी अनुसार बिहान लगभग 7 बजी अचानक केमिस्ट्री ल्याबबाट धुँवा आइरहेको देखियो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो अनि सम्पूर्ण साइन्स बिल्डिंग कालो धुँवाले घेरियो। घटनाको सूचना पाउनसाथ दमकल विभागका दुई वटा वाहन घटनास्थलमा पुगेर बचाउ कार्यमा जुटे। दमकलकर्मीहरूले घण्टौंसम्म परिश्रम गरेर आगोलाई नियन्त्रण गरे।

यो दुर्घटना कलेज खोलिनअघि नै भएको हो, त्यसैले कुनै प्रकारको ज्यानहानि भएको समाचार छैन। तथापि यस दुर्घटनामा ल्याबका धेरैवटा मूल्यवान वैज्ञानिक उपकरण लगायत आवश्यक दस्तावेज पूर्ण रूपले जलेर नष्ट भयो। अनुमानित नोक्सानको राशि लगभग एक करोड़ रुपियाँ रहेको बताइएको छ।

आगोको भयावहतालाई ध्यानमा राख्दै कलेज प्रशासन, स्थानीय प्रशासन औ दमकल विभागले मिलेर स्थितिलाई नियन्त्रण गरे। हाल सतर्कतास्वरूप साइन्स बिल्डिंगलाई अस्थायी रूपमा बन्द गरिएको छ।

दमकल विभाग औं पुलिसले आगलागीको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। प्रारम्भिक अनुमानमा आगो शर्ट सर्किट वा रसायनिक प्रतिक्रियाको कारणले लागेको हुनसक्छ, तर आधिकारिक पुष्टि जाँचपछि नै गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande