दक्षिण दिनाजपुर, 26 जून (हि.स)। उत्तर बंगाल फ्रण्टियर अन्तर्गत रायगञ्ज सेक्टरको सीमा सुरक्षा बल (बीएसएफ)-का जवानहरूले भारतीय सीमावर्ती गाउँ उत्तर आगराबाट एउटा दुर्लभ प्रजातिको टोके गेको जफ्त गरेका छन्। बिहिवार बीेसएफको तर्फबाट प्रेस विज्ञप्ति जारी गरी यस आशयको जानकारी गराइयो।
बीएसएफ अनुसार, एक विशिष्ट सूचनाको आधारमा कारबाही गर्दै भारतीय सीमावर्ती गाउँ उत्तर आगरामा अभियान संचालन गरियो। अभियानको क्रममा बीएसएफका जवानहरूले सीमाना नजिक बेवारिसे अवस्थामा एउटा बक्सा भेट्यो जसमा टेके गेको थियो। दश इञ्च लामो यो छेपारा दुर्लभ जंगली प्रजातिको हो। टोके गेको वन्यजीव संरक्षण अधिनियम 1972 को अनुसूची 1 अन्तर्गत एक दुर्लभ र सर्वोच्च संरक्षित प्रजाति हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा