हेमन्त सरकारमा लगातार आदिवासी छोरीहरूलाई लक्षित गरिँदैछः बाबूलाल
हेमन्त सरकारमा लगातार आदिवासी छोरीहरूलाई लक्षित गरिँदैछः बाबूलाल


राँची, 26 जून (हि.स.)। भाजपाका प्रदेश अध्यक्ष औ नेता प्रतिपक्ष बाबूलाल मराण्डीले गिरीडीहमा भएको एक जना आदिवासी बालिकाको अपहरणको घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।

मराण्डीले बिहीवार सोशल मीडिया एक्समा लेखेका छन्, आठ दिनसम्म बेपत्ता भएपछि बालिकालाई भेटिए पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन न त कुनै कड़ा कानूनी कारबाही गरिएको छ। उनले हेमन्त सरकारमाथि आरोप लगाए, उनले स्पष्ट रूपमा निर्देश दिएका छन् कि आरोपीको धर्म र भोट ब्यांक हेरेर मात्र कानून तय गरियोस्। उनले भने, हेमन्त सरकारमा लगातार आदिवासी छोरी-चेलीहरूलाई लक्षित गरिँदैछ।

मराण्डीले भने, आज आदिवासी समाजमा आक्रोश व्याप्त भएको र हाम्रा छोरी-चेलीहरू डरभित्र बाँचिरहेका छन्। आदिवासी समाजलाई सुरक्षा दिन नसक्ने सरकारलाई उनीहरूको प्रतिनिधित्व गर्ने कुनै अधिकार छैन। उनले अविलम्ब आरोपीलाई पक्राउ गर्नुपर्ने माग गर्दै भने, सरकार आदिवासी समाजप्रति संवेदनशील हुनुपर्छ। उनीहरूको सुरक्षा अनि न्यायको लागि काम गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande