दक्षिण दिनाजपुर, 26 जून (हि. स.) पतिराम थानाको पुलिसले प्रचुर मात्रामा गाँजा सहित दुई जना तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्करहरूमा सुशान्त दास (32)और प्रणव राय (28) सामेल छन् जो कुमारगञ्ज थानाको दासपाड़ा क्षेत्र निवासी हुन्।
सूत्र अनुसार पतिराम पुलिसलाई सिलगढ़ीबाट दुई जना युवकहरू गाँजा लिएर दक्षिण दिनाजपुरतर्फ प्रस्थान भएको गुप्त सूचना प्राप्त भयो। तुरून्तै पतिराम पुलिसले विशेष टीम बनाएर निगरानी शुरू गऱ्यो। तस्करहरू सिलगढ़ीबाट सरकारी बसमा सवार भएर रायगञ्ज पुगे। रायगञ्जमा वाहन परिवर्तन गरेपछि तिनीहरू एक निजी बसमा सवार भए। त्यसपछि बुधवार अबेर राति दुवै पतिराम पुगे। यहाँबाट टोटो भाड़ामा लिएर इच्छामती तर्फ प्रस्थान भए। टोटो आमतला मोड़मा पुग्नसाथ त्यहाँ पहिलाबाटै बसेको पुलिसको टीमले दुवैलाई समात्यो। जाँच गर्दा दुवैको कब्जाबाट 14 किलो 472 ग्राम गाँजा भेटियो, त्यसपछि दुवैलाई पक्राउ गरियो। पतिराम थानाको पुलिस अग्रिम कारबाहीमा जुटेकोछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा