नयाँ दिल्ली, 26 जून (हि.स.)। कांग्रेस पार्टीले चुनाउ आयोगलाई चिट्ठी लेखेर आफ्नो दुई मागहरू फेरि दोहोऱ्याएको छ। यसमा डिजिटल मतदाता सूची र चुनाउको भीडियो फुटेज सामेल छ। साथै भनेको छ, दुवै माग पूरा भएपछि मात्र पार्टी आयोगलाई भेट्न राजी छ र यसमा पार्टीले आफ्नो विश्लेषण पनि आयोग समक्ष राख्नेछ।
कांग्रेसको तर्फबाट बनाइएको विशेष समूह (ईगल-नेताहरू र विशेषज्ञहरूको सशक्त कार्य समूह) ले आयोगलाई चिट्ठी लेखेर भनेको छ, उसलाई महाराष्ट्रको लोकसभा र विधानसभा चुनाउहरूको अन्तिम मतदाता सूचीको मशीन रिडेबल डिजिटल कपी र महाराष्ट्र तथा हरियाणाको मतदान दिवसको भीडियो फुटेज चाहियो।
चिट्ठीमा भनिएको छ, पार्टीको यो लामो समयदेखि चल्दै आइरहेको माग हो र चुनाउ आयोगले यसलाई सजिलै पूरा गर्नसक्छ। पार्टीको भनाई छ, यसलाई प्राप्त गरेपछि पार्टी नेतृत्व चुनाउ आयोगलाई भेट्न तयार छ।
उल्लेख्य, चुनाउ आयोगले लगातार कांग्रेसका शीर्ष नेतृत्वसित चुनाउ प्रक्रियासित सम्बन्धित मुद्दाहरूमा भेट्न आमन्त्रित गरिरहेको छ। यस सम्बन्धमा कांग्रेस नेता राहुल गान्धीलाई चिट्ठी पनि लेखिएको छ।
कांग्रेसको मागहरूमा आयोगको भनाई छ, नियमहरू अन्तर्गत मतदाता सूची अपडेट हुन्छ र यसलाई सबै राजनीतिक दलहरूलाई आपत्तिहरू दिनका लागि समयमै उपलब्ध पनि गराइन्छ। यस बाहेक भीडियो फुटेज उपलब्ध गराउनु मतदाताहरूको मताधिकारहरूको गोपनीयताको दृष्टिले सुप्रीम कोर्टको दिशा-निर्देशहरूको उल्लङ्घन हुनेछ।
पार्टीले चिट्ठीमा भनेको छ, 2019 को लोकसभा चुनाउ र 2024 को लोकसभा चुनाउमा जति मतदाता महाराष्ट्रमा जोड़िएका छन्, त्यसभन्दा अधिक मतदाता केवल 2024 मईमा भएको लोकसभा चुनाउ र नोभेम्बरमा भएको विधानसभा चुनाउबीच जोड़िएका छन्। पार्टीको भनाई छ, मतदाताहरूको संख्यामा यति ठूलो स्तरमा वृद्धि शंका उत्पन्न गर्दछ।
हिन्दुस्थान समाचार / भवानी थामी