आपातकाल लोकतन्त्रमाथि सबैभन्दा ठूलो आघात थियो- दत्तात्रेय होसबाले
दत्ता


नयाँ दिल्ली, 26 जून (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरकार्य़वाह दत्तात्रेय होसबालेले बिहिवार आपातकालको 50औं बरसीमा वर्ष 1975 मा लगाइएको आपातकाललाई भारतीय लोकतन्त्रमाथि सबैभन्दा ठूलो आघात बताएका छन्। दत्तात्रेय होसबालेले दिल्लीको डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमा संस्कृति मन्त्रालय अन्तर्गत इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्र, अम्बेडकर इन्टरनेशनल सेन्टर र बहुभाषी संवाद समिति ‘हिन्दुस्थान समाचार’ को संयुक्त तत्वावधानमा आयोजित कार्यक्रमलाई सम्बोधित गरिरहेका थिए। उनले भने, आपातकालको त्यस समयमा बलजफ्ती संविधानमा “समाजवाद” र “पन्थनिरपेक्षता” जस्ता शब्द जोड़ियो, जसमा आज पुनः विचारको आवश्यकता छ।

उनले भने, आपातकाल केवल सत्ताको दुरूपयोग नभएर नागरिक स्वतन्त्रतालाई कुल्चिने प्रय़ास थियो। लाखौं मानिसहरूलाई जेलमा हालियो र प्रेसको स्वतन्त्रतामाथि हमला भय़ो। जसले आपातकाल लगाएर संविधान र लोकतन्त्रको दमन गरे, उनीहरूले आजसम्म माफी मागेनन्। यदि उनीहरूले आफै गरेनन् भऩे उनीहरूले पूर्वजहरूको नाममा माफी माग्नुपर्छ।

केन्द्रिय मन्त्री गडकरीले भऩे, आपातकालको विरोधमा राष्ट्रिय स्वयंसेवक संघ र उसका विचारहरूको ठूलो भूमिका रह्यो। संघबाट प्रेरित कार्यकर्ताहरूको बलिदानबाटै लोकतन्त्रको रक्षा सम्भव भयो। उनले इन्दिरा गान्धीमाथि सत्ता बचाउनका लागि आपातकाल लगाएको र संविधानको मूल भावलाई बदली गरेको आऱोप लगाए। प्रेस, संसद र न्यायापालिकामाथि दबाउ दिइयो। त्यस समय भयको यस्तो माहोल थियो कि मानिसहरूले आफ्नो अधिकारहरूको निम्ति आवाज पनि उठाउन सक्थेनन्। लोकतन्त्रको आवाज दबाउनका लागि हरेक स्तरमा प्रय़ास भयो। आजको पीढ़ीलाई त्यस कालको वास्तविकतासित अवगत गराउनु आवश्यक छ।

इन्दिरा गान्धी कला केन्द्रका अध्यक्ष एवं हिन्दुस्थान समाचारका समूह सम्पादक राम बहादुर रायले भने, आपातकाललाई केवल एक राजनीतिक घटना मान्नु पर्याप्त छैन तर यसको सत्य, यथार्थ र अन्तलाई गहराईले बुझ्नु आवश्यक छ। सत्य यो थियो कि एक डराएकी महिला (इन्दिरा गान्धी) ले पूरा देशलाई डराउने प्रयास गरिरहेकी थिइन्। यथार्थ यो थियो कि लोकतान्त्रिक व्यवस्थाको समानान्तर एक नियन्त्रित र दमनकारी शासन तन्त्र खड़ा गरिएको थियो। अन्ततः जनताले यस तानाशाही व्यवस्थालाई खारेज गऱ्यो र लोकतन्त्रको पुनः स्थापना गऱ्यो।

‘संविधान हत्या दिवस’ कार्यक्रममा हिन्दुस्थान समाचारका अध्यक्ष अरविन्द मार्डीकरले आफ्नो सम्बोधनमा एजेन्सीको इतिहासबारे बताए। उनले भऩे, यस समाचार एजेन्सीको स्थापनामा विनायक दामोदर सावरकर जस्ता महान विभूतिहरूको भूमिका रहेको छ। आपातकालमा एजेन्सीलाई भारी दंश झेल्नुपऱ्यो र त्यसले गर्दा एजेन्सीको गतिविधिहरू स्थगित गर्नुपऱ्यो। उच्च न्यायालयको हस्तक्षेपले एक पल्ट फेरि एजेन्सीको संचालन शुरू हुनसक्यो। उनले भने, राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक मोहन भागवतले एक पल्ट भनेका थिए, हिन्दुस्थान समाचारको रूपमा यो स्वयंसेवकहरूको मन चलिरहेको छ।

हिन्दुस्थान समाचार 'संविधान हत्या दिवस' कार्यक्रममा मध्य प्रदेशका उपमुख्यमन्त्री राजेन्द्र शुक्लले आपातकाललाई भारतीय लोकतन्त्रको कालो अध्याय बताए। उनले भऩे, 25 जूनमा देशमा एक राजनीतिक अपराध भएको थियो, जसले लोकतान्त्रिक मूल्यहरूलाई गहिरो आघात पुऱ्यायो। उनले जोड दिएर भने, त्यस समयको वास्तविकता र घटनाहरूको जानकारी नयाँ पीढ़ीलाई हुनु आवश्यक छ किनभने यसबाट हामीले भविष्यमा लोकतन्त्रलाई अझ् अधिक सशक्त र जागरूक बनाउने अवसर पाउनेछौं।

यस अवधि डा. अम्बेडकर इन्टरनेशनल सेन्टरमै इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रको तत्वावधानमा आपातकालमाथि केन्द्रित प्रदर्शनी र लघु फिल्मको प्रदर्शन गरियो। प्रदर्शनीको उद्घाटन सरकार्यवाह दत्तात्रेय होसबालेले गरे। प्रदर्शनीबाट युवाहरूलाई त्यस समयको राजनीतिक र सामाजिक यथार्थलाई जान्ने र बुझ्ने अवसर प्राप्त भयो।

यस अवधि हिन्दुस्थान समाचारको पाक्षिक पत्रिका ‘युगवार्ता’ र मासिक पत्रिका ‘नवोत्थान’ को आपातकालमाथि केन्द्रित महत्वपूर्ण विशेषांकहरूको लोकार्पण गरियो।

कार्यक्रममा राष्ट्रिय स्वाभिमान आन्दोलनका संस्थापक अध्यक्ष केएन गोविन्दाचार्य पनि उपस्थित रहे। कार्यक्रमको अध्यक्षता ‘हिन्दुस्थान समाचार’ का अध्यक्ष अरविन्द भालचन्द्र मार्डीकरले गरे। आईजीएनसीएका सदस्य सचिव डा. सच्चिदानन्द जोशीले स्वागत भाषण दिए। डा. अम्बेडकर इन्टरनेशनल सेन्टरका निदेशक आकाश पाटिलले धन्यवाद ज्ञापित गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande