मुख्यमन्त्रीले युवाहरूलाई नशामुक्त दिल्ली अनि भारत निर्माणको संकल्प दिलाइन्
मुख्यमन्त्रीले युवाहरूलाई नशामुक्त दिल्ली अनि भारत निर्माणको संकल्प दिलाइन्


नयाँ दिल्ली, 26 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले बिहीवार नशालु औषधिहरूको सेवन अनि अवैध तस्करीविरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा यमुना स्पोर्ट्स कम्प्लेक्समा आयोजित एक जागरूकत कार्यक्रममा भाग लिइन्। उनले यस अवसरमा युवाहरूलाई नशादेखि टाड़ा बस्ने, समाजलाई जागरूक बनाउने अनि नशा मुक्त दिल्ली र भारत निर्माणको संकल्प दिलाइन्। कार्यक्र्ममा सांसद मनोज तिवारी, दिल्ली सरकारका मन्त्री रविन्द्र इन्द्राज सिंह, विधायक ओम प्रकाश शर्मा, सञ्जय गोयल एवं डा. अनिल गोयल उपस्थित थिए।

मुख्यमन्त्रीले भनिन्, नशाले व्यक्तिको स्वास्थ्यलाई मात्र नभएर परिवारको एकता एवं समाजको बुनियादलाई पनि गम्भीर रूपमा प्रभावित पार्छ। हाम्रो उद्देश्य हो, दिल्लीको युवाशक्तिले आफ्नो ऊर्जालाई राष्ट्र निर्माण, समाज सेवा अनि सकारात्मक परिवर्तनमा लगाओस्, यही नै हाम्रो सरकारको मूल संंकल्प हो।

उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दिइएको “नशा मुक्त भारत”- को संकल्प आज देशभरि नै जन आन्दोलन भइसकेको छ। यस अभियानलाई सशक्त ढंगमा अगाड़ि बढ़ाउनमा केन्द्रिय गृहमन्त्री अमित शाहको सक्रिय मार्गदर्शन अनि सशक्त प्रशासनिक नेतृत्व अत्यन्त प्रेरणादायक छ। दिल्ली सरकार यस राष्ट्रिय उदेश्य पूर्तिको लागि पूर्ण प्रतिबद्धताको साथमा कार्यरत छ। दिल्ली पुलिसद्वारा संचालित यो जन-जागरूकता अभियान सराहनीय छ र दिल्ली सरकारले यसमा काँधमा काँध मिलाएर संकल्पबद्ध रूपमा सहभागी भएको छ। हामी सबै मिलेर एक नशा मुक्त, जागरूक तथा सशक्त दिल्लीको निर्माणमा सहभागी बनौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande