कोलकाता, 26 जून (हि.स.)। आयकर सम्बन्धी समस्याहरूलाई सरल भाषामा बुझाउने पुस्तक ‘हाउ टू ह्याण्डल इनकम ट्याक्स प्रब्लम्स’- को गए बिहीवार कोलकातामा औपचारिक विमोचन गरियो। यो पुस्तक अधिवक्ता नारायण जैन र चार्टर्ड अकाउण्टेन्ट दिलीप लोयलकाद्वारा लेखिएको छ। पुस्तकको विमोचन पश्चिम बंगाल र सिक्किमका प्रधान मुख्य आयकर आयुक्त नीरज कुमारले गरे।
नीरज कुमारले भने, यो पुस्तकमा जटिल कर मामिलाहरूलाई अत्यन्त सरल भाषामा प्रस्तुत गरिएको छ र समाधान पनि सहज र बुझाउने योग्यको छ। उनले भने, प्रश्नोत्तर शैलीमा प्रस्तुत यो पुस्तकले करदाताहरूलाई व्यवहारिक समाधान दिनेछ जुन सराहनीय छ।
लेखक अधिवक्ता नारायण जैनले बताए, आयकर कानून अनि प्रक्रियाहरूमा लगातार भएको संशोधनले करदाताहरूको लागि भ्रमको स्थिति उत्पन्न गर्छ। यस पुस्तकमा लगभग पाँच हजार यस्ता समस्याहरूको समाधान दिने प्रयास गरिएको छ जुन समस्याहरूसित करदाता दिन प्रतिदिन जीवनमा जुझिरहेका हुन्छन्।
सह-लेखक सीए दिलीप लोयलका जो दृष्टिहीन हुन्-ले यस पुस्तकको उदेश्य ट्याक्सप्रति सकारात्मक दृष्टिकोण अनि श्रेष्ठ अनुपालनलाई प्रेरित गर्नु हो।
यस अवसरमा मुख्य आयुक्त (सीसीआईटी-5) एस्थर रूआत किमी औ प्रधान आयकर आयुक्त (पीसीआईटी-9) मञ्जीत सिंहले पनि लेखकहरूलाई शुभकामना दिए।
आयकर बार एसोसिएशनका अध्यक्ष एस.के. तुलसियान, इन्स्टीट्यूट अफ चार्टर्ड अकाउण्टेन्ट्स अफ इण्डियाका पूर्व अध्यक्ष सीए रञ्जीत कुमार अग्रवाल, पश्चिम बंगाल ट्याक्सेशन ट्रिब्यूनलका पूर्व सदस्य सीएम बच्छावत समेत केही गणमान्य व्यक्तिहरूले लेखको प्रयासको सराहना गरे।
यस कार्यक्रमको संचालन अधिवक्ता ममता बिनानीले गरिन् जो इन्स्टीट्यूट अफ कम्पनी सेक्रेटरीज अफ इण्डियाकी पूर्व अध्यक्ष रहिसकेकी छन्। कार्यक्रममा पुस्तकका सह-लेखक दीपन जैन, श्रेया लोयलका अनि वशाली लोयलका पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा