बिजनबारी निवासी अग्निवीर प्रयास गुरुङको सैन्य वाहन दुर्घटनामा निधन
बिजनबारी निवासी अग्निवीर प्रयास गुरुङको सैन्य वाहन दुर्घटनामा निधन


दार्जिलिङ, 27 जून (हि.स.)। बिजनबारीको लोवर लामा गाउँ निवासी भारतीय सेनामा कार्यरत अग्निवीर प्रयास गुरुङको सैन्य वाहन दुर्घटनामा निधन भएको छ। भारतीय सेनामा कार्यरत दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ रेलिङ ग्राम पञ्चायतको लोवर लामा गाउँ मूल निवासी तथा हाल बिजनबारी बजारमा बस्दै आएका अनिल गुरुङका 20 वर्षीय कान्छो छोरा प्रयास गुरुङको हिजो साँझ एक सैन्य वाहन दुर्घटनामा परी निधन भएको छ।

देश सेवामा समर्पित रहँदै कार्य गरिरहेका गुरुङको हिजो बाघडोगरा नजिकै जगलीबाबा रोडमा एक छाउनीबाट अर्को छाउनीमा जाने क्रममा वाहन दुर्घटनामा परेर निधन भएको परिवार पक्षले जनाएको छ। उनको पार्थिव शरीर शुक्रवार बेलुकीसम्म सिलगढीस्थित बेङडुबी सैनिक छाउनी हुँदै उनको निवास आइपुग्ने परिवार सुत्रले जनाएको छ। उनको अन्तिम संस्कार शनिवार सैनिक सम्मानको साथमा गरिने परिवार पक्षले जनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande