कोलकाता, 27 जून (हि.स.)। दक्षिण कोलकाताको कसबा क्षेत्रस्थित एउटा ल कलेजमा एकजना छात्रासित सामूहिक बलात्कार भएको मामिला सामु आएको छ। पुलिसले सिकायतको आधारमा तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ जसमध्ये एकजना कलेजका पूर्व छात्र अनि वर्तमानमा पेशाले वकिल पनि सामेल रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार यो घटना गत बुधवार साँझ लगभग 7:30 बजेदेखि राती 10:50 बजेबीच कलेज परिसरभित्र भएको हो। पीड़िताले घटना घटेको तुरून्तैपछि कसबा थानामा एफआईआर दर्ता गराइन्। आरोप छ, यी तीनजना युवकहरूले कलेजपरिसरमैउसित दुष्कर्म गरे।
सिकायत गरेपछि कसबा थाना पुलिसले बिहीवार राती सिद्धार्थ शंकर राय शिशु उद्यान नजिकबाट मनोजित मिश्रा (31) र जायब अहमद (19)-नामक दुईजना युवकहरूलाई हिरासतमा लिएर जाँचबुझ गऱ्यो। राती नै तेस्रो आरोपी प्रमित मुखर्जी (20)-लाई पनि खोजेर पक्राउ गऱ्यो। मनोजित मिश्रालाई यस घटनाको मुख्य आरोपी मानिँदैछ जो उक्त कलेजका पूर्व छात्र अनि वर्तमानमा वकालत गरिरहेका छन्।
पुलिसले तीनैजनाको मोबाइल फोन जफ्त गरेको छ। साथै पीड़िताको चिकित्सकीय परीक्षण कोलकाताको नेशनल मेडिकल कलेज एवं अस्पतालमा गराइँदैछ। फोरेन्सिक टीमले घटनास्थलो निरीक्षण गरिसकेको छ भने कलेजको सीसीटीभी फुटेजको पनि जाँच गरिँदैछ।
पुलिसले शुक्रवार तीनै आरोपीहरूलाई अलिपुर अदालतमा पेश गऱ्यो जहाँ अदालतले उनीहरूलाई चार दिनको पुलिस हिरासतमा पठाउने आदेश दियो। पुलिसले अब यस मामिलामा अग्रिम जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा