मुख्यमन्त्रीले नरेलामा बस टर्मिनलको गरिन् उद्घाटन, सयभन्दा अधिक देवी इलेक्ट्रिक बसहरूलाई समर्पित गरिन्
मुख्यमन्त्रीले नरेलामा बस टर्मिनलको गरिन् उद्घाटन, सयभन्दा अधिक देवी इलेक्ट्रिक बसहरूलाई समर्पित गरिन्


नयाँ दिल्ली, 27 जून (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार नरेला सेक्टर ए-9 मा 90 दिनभित्रमा बनिएको अत्याधुनिक बस टर्मिनलको उद्घाटन गरिन् अनि सयभन्दा अधिक देवी इलेक्ट्रिक बसहरूलाई दिल्लीवासीहरूको सेवामा समर्पण गरिन्। उनले भनिन्, यो परियोजना एउटा नयाँ सुविधा मात्र नबएर दिल्लीलाई श्रेष्ठ, सुरक्षित समावेशी भविष्य तर्फ दोहोऱ्याउने सशक्त कदम हो। यस अवसरमा सांसद योगेन्द्र चाँदोलिया, परिवहन मन्त्री डा. पंकज कुमार सिंह अनि मन्त्री रविन्द्र इन्द्राज सिंह उपस्थित थिए।

मुख्यमन्त्रीले बताइन्, नरेलामा 4 हजार वर्ग मीटर क्षेत्रफलमा निर्मित यो टर्मिनल-3 बेस-वे, विशाल शेड, सफा टयलेट, आरओ जल संयन्त्र, क्यान्टीन-प्याण्ट्री, ईभी चार्जिंग स्टेशन जस्ता सबै मूलभूत सुविधाहरूले सुसज्जित छ। यात्रीहरूले अब श्रेष्ठ अनुभवको साथमा यात्रा गर्न सक्नेछन्। नयाँ देवी बसहरूले यात्रीहरूको सुरक्षा अनि सुविधाको नयाँ मानदण्ड स्थापित गरिरहेको छ। यसमा सीसीटीभी क्यामरा, इमरजेन्सी प्यानिक बटन, लाइभ ट्र्याकिंग जस्ता आधुनिक सुविधाहरू रहेको छ। साथै दिव्यांगजनहरूको सुविधाको लागि यी बसहरूलाई व्हीलचेयर-फ्रेण्डली डिजाइन सहित पूर्ण रूपले सहज बनाइएको छ। आज दिल्लीका सड़कहरूमा 2 हजारभन्दा अधिक इलेक्ट्रिक बसहरू गुड़िरहेका छन्। हाम्रो संकल्प छ, आगामी वर्ष 2027-सम्ममा राजधानीको सार्वजनिक परिवहन व्यवस्थालाई पूर्ण रूपले इलेक्ट्रिक बनाएर प्रधानमन्त्री नरेन्द्र मोदीको “विकसित दिल्ली”- को भिजनलाई साकार बनाउनु।

यसरी नै मन्त्री पंकज कुमार सिंहले भने, दिल्ली परिवर्तन भइरहेको छ र यहाँको ट्रान्सपोर्ट स्मार्ट भइरहेको छ। नरेलामा निर्माण भएको टर्मिनस राजधानीको नयाँ इलेक्ट्रिक बस टर्मिनल हो। यो विश्वस्तरीय इलेक्ट्रिक बस टर्मिनलले दिल्लीको सार्वजनिक परिवहन तन्त्रलाई अझ आधुनिक, इको-फ्रेण्डली तथा यात्रीहरूको लागिग सुविधाजनक बनाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande