आईसीएआर टोलीले राज्यपाल माथुरसॅंग गऱ्यो शिष्टाचार भेट
आईसीएआर टोलीले राज्यपाल माथुरसॅंग गऱ्यो शिष्टाचार भेट


गान्तोक, 27 जून (हि.स.)। भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) गान्तोक, सिक्किमको क्षेत्रीय केन्द्रका प्रमुख डा. अशोक कुमारको नेतृत्वमा आज नौ सदस्यीय टोलीले राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गऱ्यो। बैठकको क्रममा आईसीएआर टोलीले राज्यमा आईसीएआरद्वारा सञ्चालित कृषि, अनुसन्धान र विकास गतिविधिहरूको बारेमा राज्यपालसँग चर्चा गरेको बताइएको छ।

राज्यपालले कृषि, बागवानी, पशुपालन, कुखुरापालन र सबै सम्बन्धित गतिविधिहरूको क्षेत्रमा उत्पादन र उत्पादकता बढाउन संस्थानले विभिन्न सुझाउहरू दिए। यस क्रममा किसानहरूले सामना गरिरहेका चुनौतीहरू र राज्यको जैविक उत्पादनहरूको बजार व्यवस्थापन सुधार गर्ने रणनीतिहरूको बारेमा पनि छलफल भयो।

राज्यपालले सिक्किममा ठूला अलैंची, हर्दी लगायतका जैविक उत्पादनहरूको लागि उल्लेखनीय सम्भावना रहेको उल्लेख गर्दै आईसीएआर विज्ञहरूलाई नवीन समाधान र समन्वित प्रयासहरू मार्फत किसानहरूका चुनौतीहरूलाई सम्बोधन गर्न नजिकबाट काम गर्न आग्रह गरे। उनले आईसीएआरका अधिकारीहरूलाई जैविक खेतीको लागि राज्यको सम्भावनालाई अधिकतम बनाउन आईसीएआर मार्फत थप विकासको लागि उचित योजना र अनुसन्धान गर्न प्रोत्साहित गरे।

आईसीएआर टोलीमा वैज्ञानिक, अनुसन्धानकर्ता र अधिकारीहरू रहेको राजभवनले आज विज्ञप्तिमा बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande