मंगनमा फसल बीमा सप्ताह समारोहलाई लिएर बैठक सम्पन्न
मंगनमा फसल बीमा सप्ताह समारोहलाई लिएर बैठक सम्पन्न


मंगन, 27 जून (हि.स.)। मंगन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षतामा 9औं फसल बीमा सप्ताह समारोह (1 देखि 7 जुलाई) लाई लिएर एक बैठक आयोजन गरियो। बैठकमा उप निदेशक प्रणित गुरुङ, एडीओ मंगन आदर्श राई, एसडीओ मिक्मार छिरिङ लेप्चा, एडीओ थेन्दल जाङ्गमु लेप्चा, एफपीओका प्रतिनिधिहरू आदि उपस्थित थिए।

कृषि विभाग, मंगन अनुसार, बैठकमा पीएमएफबीवाई अन्तर्गत फसल बीमा सप्ताहको महत्व, विभिन्न जीपीयूहरूको निम्ति समारोह योजना, कृषकहरूको लाभका लागि हितधारकहरूको समन्वय आदि विषयमा चर्चा गरियो।

जिल्लापाल जैनले रबि सिजनमा नामाङ्कन, दावी, खरीफ लक्ष्य आदि विषयमा जानकारी लिए। फिल्ड कर्मचारीहरूलाई खरीफ मौसम लक्ष्य अन्तर्गत बीमा योजनाको निम्ति कम्तिमा पॉंच जना कृषकलाई नामांकित गर्न निर्देश दिइयो।

मंगन जिल्लाका कृषकहरूको लागि फसल बीमा जागरूकता र फाइदाहरू बढाउने उद्देश्यले गरिएको बैठक उत्पादक रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande