गुवाहाटी, 27 जून (हि.स.)। पूर्वोत्तर सीमान्त रेलवेको लामडिंग-बदरपुर हिमाली खण्डमा बितेका केही दिनअघि गएको पैह्रोको कारणले असमको बराक उपत्याका लगायत त्रिपुरा एवं अन्य राज्यहरूको रेल सेवा तथा राष्ट्रिय राजमार्ग-27 बाधित भएको छ। रेल तथा सड़क मार्ग बन्द भएको कारणले यात्रीहरूको आवागमन साथै अत्यावश्यक वस्तुहरूको ढुवानी प्रभावित भइरहेको छ।
पूर्वोत्तर सीमान्त रेलवेका अभियन्ता, कर्मचारीहरूले ट्रेन सेवालाई बहाल गर्नका लागि लगातार कार्य गरिरहेका छन्। यसबीच असमकी मन्त्री नन्दिता गार्लोसाले बिहीवार पैह्रोग्रस्त क्षेत्रहरूको भ्रमण गरी स्थितिको जायजा लिइन्।
यस अवधि मन्त्री गारलोसाले भनिन्, पूसीरीको क्षतिग्रस्त रेलवे ट्र्याकलाई व्यवस्थित बनाउन अनि यातायात बहाल गर्नको लागि युद्धस्तरमा काम गरिरहेको छ। तथापि रातभरि पानी परिरहेकोले पैह्रो पनि लगातार गइरहेको छ जसबाट यातायात बहालीको प्रक्रिया मन्द भइरहेको छ। चुनौतीहरू भए पनि रेलवे अधिकारीहरू सेवालाई पुनः बहाल गर्नको लागि 24 घण्टै काम गरिरहेका छन्। उनले आशा व्यक्त गरिन्, आगामी आइतवारसम्ममा लामडिंग-बदरपुर पहाड़ी लाइनमा ट्रेनको आवागम पुनः शुरू हुनसक्छ।
जटिंगा र लामपुरबीच राष्ट्रिय राजमार्ग-27 को पैह्रो प्रभावित खण्डको बारेमा मन्त्रीले बताइन्, भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई)-ले एउटा वैकल्पिक मार्ग निर्माण गर्नेमाथि विचार गरिरहेको छ। आईआईटी गुवाहाटीका विशेषज्ञहरूको एक टीमले पहिला नै क्षेत्रको सर्वेक्षण गरिसकेको छ। प्रस्तावित सड़कको लागि नयाँ मार्गरेखाको सुझाउ पेश गरेको छ। मन्त्रीले पुष्टि गरिन्, आईआईटी टीमद्वारा गरिएको सिफारिसको आधारमा वैकल्पिक मार्गको निर्माण गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा