एसआईसीबी कार्फेक्टारमा मासिक स्वच्छता अभियान सम्पन्न
एसआईसीबी कार्फेक्टारमा मासिक स्वच्छता अभियान सम्पन्न


गान्तोक, 27 जून (हि.स.)। राज्य क्षमता विकास विभाग अन्तर्गत एसआईसीबी कार्फेक्टारमा शुक्रवार मासिक स्वच्छता अभियान सम्पन्न गरियो। यस अभियानमा एसआईसीबीका सम्पूर्ण कर्मचारी सक्रिय रूपमा सहभागी बन्दै सम्पूर्ण परिसरको साफ सफाई गरे।

यो अभियानको उद्देश्य पर्यावरणीय जागरूकता प्रवर्द्धन गर्नु मात्र नभई कर्मचारीहरूमाझ समुदायको भावना जगाउनु पनि थियो। एसआईसीबी कार्यस्थलमा सरसफाई र दिगोपन प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande