इम्फाल ईस्टः नगारियन हिल नजिक हतियार अनि विस्फोटकहरूको भण्डार जफ्त
इम्फाल ईस्टः नगारियन हिल नजिक हतियार अनि विस्फोटकहरूको भण्डार जफ्त


इम्फाल, 29 जून (हि.स.)।‌ इम्फाल ईस्ट जिल्लाको इरिलबुंग थाना क्षेत्र अन्तर्गत टीबी अस्पताल नजिकै नगारियान हिलको बेसीबाट सुरक्षा बलहरूले एक व्यापक अभियानको क्रममा प्रचुर मात्रामा हतियार अनि गोला-बारूद जफ्त गरे।

पुलिस प्रवक्ताले आइतवार बताए, जफ्त गरिएका सामग्रीहरूमा एउटा .303 राइफल (म्यागजिन सहित), तीनवटा 12 बोरको डबल ब्यारल बन्दूक, 12 बोरको 73 वटा जिउँदो कारतूस, दुईवटा लाथोड शेल, एक नम्बरको 36 वटा ह्याण्ड ग्रेनेड (आर्मिंग रिंग सहित), तीनवटा .303 -को जिउँदो कारतूस, दुईवटा बीपी प्लेट, एउटा हेलमेट र एउटा बुलेटप्रूफ ज्याकेट सामेल छन्।

सुरक्षा एजेन्सीहरू यो पत्तो लगाउनमा जुटेका छन्, यी हतियारहरू कहाँबाट आयो र कुन उदेश्यले लुकाइएको थियो। यो कारबाहीलाई क्षेत्रमा सक्रिय असामाजिक तत्वहरूविरूद्ध ठूलो सफलता मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande