डिप्टी मेयरले घर-घरमा पुऱ्याए दिघा जगन्नाथ मन्दिरको प्रसाद
डिप्टी मेयरले घर-घरमा पुऱ्याए दिघा जगन्नाथ मन्दिरको प्रसाद


सिलगढ़ी, 29 जून (हि.स)। सिलगढ़ी नगरनिगमका डिप्टी मेयर रञ्जन सरकारले आइतवार घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे।

स्मरण गराइन्छ, मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा दिघामा जगन्नाथ मन्दिरको उद्घाटन गरियो अनि यसको प्रसाद राज्यका सबै भक्तहरूको घरसम्म पुऱ्याउनको लागि परियोजना शुरू गरियो। यस परियोजना अन्तर्गत राशन डिलरहरूको माध्यमबाट भगवान जगन्नाथको प्रसाद घर-घरसम्म पुऱ्याइँदैछ। यसै क्रममा सिलगढ़ी नगरनिगमको 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरियो। बिहान डिप्टी मेयर रञ्जन सरकारले राशन डिलरहरूसित क्षेत्रका विभिन्न घरहरूमा स्वयं पुगी प्रसाद सुम्पिए। सरकारको यस पहलबाट स्थानीय मानिसहरू खुशी छन्।

रञ्जन सरकारले भने, धेरैजना मानिसहरू दिघा जगन्नाथ मन्दिरमा जान पाएनन् जसले गर्दा राज्यभरि नै दिघाको प्रसिद्ध गजा अनि पेड़ाको यो मिश्रित महाप्रसाद घर-घरमा पुऱ्याइँदैछ। यसको लागि राशन प्रणालीलाई माध्यम बनाइएको छ। उनको मान्यता छ, यस पहलबाट मानिसहरूसित आध्यात्मिक सम्बन्ध अझ गाढ़ा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande