कोलकाता, 29 जून (हि.स.)। कोलकातामा भएको सामूहिक दुष्कर्मको घटनापछि पश्चिम बंगालका राजनीति बाफिएको छ। यस मुद्दामा प्रदर्शन गरिरहेका भारतीय जनता पार्टी (भाजपा)- का प्रदेश अध्यक्ष सुकान्त मजुमदारलाई गए शनिवार साँझ पुलिसले हिरासतमा लिएको थियो भने आइतवार उनलाई कोलकाताको लाल बजार थाननाबाट रिहा गरियो।
रिहाईपछि सुकान्त मजुमदारले मीडियासित बातचित गर्दै भने, मलाई शान्तिपूर्ण प्रदर्शन गरेको कारणले पक्राउ गरियो। पलिसले बेल बण्डमा साइन गर्न भन्यो, तर मैले अस्वीकार गरेँ अनि आफ्ना 32 जना कार्यकर्ताहरूसित रातभरि थानामै बसेँ। जब सरकारको पुलिस सुतिरहन्छ छ भने कोही न कोही त जाग्नै पऱ्यो, भाजपाले यस्तै गरिरहेको छ। यदि बंगालको लागि मलाई सय पटक पक्रा पर्न परे पनि म तयार छु।
कोलकातामा एकजना महिला ल छात्रासित भएको सामूहिक दुष्कर्मको घटनाले राज्य सरकारलाई कठघरामा उभ्याएको छ। विपक्षी दल भाजपाले यस मुद्दामा निरन्तर ममता सरकारमाथि प्रहार गरिरहेको छ। पार्टी नेताहरूको आरोप छ, राज्य सरकार अनि प्रशासनले दोषीहरूलाई बचाउने चेष्टा गरिरहेको छ। महिलाहरूको सुरक्षालाई लिएर यो सरकार पूर्ण रूपले असफल साबित भएको छ।
सुकान्त मजुमदारले अझ भने, यस्तो गम्भीर अपराध हुँदा पनि सरकार मौन बस्नु अनि पुलिसको कारबाहीमाथि निश्चय पनि प्रश्न उठ्नु स्वभाविक छ। के मुख्यमन्त्री ममता ब्यनर्जीले यस मुद्दामा सामु आएर खुलेर केही भन्लान्? के उनले पीड़िताको लागि न्याय सुनिश्चित गर्न सक्नेछन्? मजुमदारले सरकारसित चर्को प्रश्न गरे।
भाजपा कार्यकर्ताहरूले राज्यभरि नै विरोध प्रदर्शन गरिरहेका छन्। पार्टीले घोषणा गरेको छ, दोषीहरूमाथि कड़ा कारबाही गरिएन भने राज्यभरि नै आन्दोलन चर्काइनेछ। भाजपा महिला मोर्चा अनि युवा मोर्चाले पनि भिन्न-भिन्न स्थानहरूमा विरोध कार्यक्रम आयोजना गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा