दिनहाटामा 16 जना बंगलादेशी पक्राउ
दिनहाटामा 16 जना बंगलादेशी पक्राउ


कुचबिहार, 03 जून (हि.स.)। जिल्लाको दिनहाटामा मंगलवार 16 जना बंगलादेशीहरूलाई पक्राउ गरिएको छ। तथापि पक्रा पर्ने मानिसहरूले दाबी गरेका छन्, उनीहरू आफ्नो घर बंगलादेश फर्किन चाहन्छन्, त्यसैले उनीहरूले आत्मसमर्पण गरेका हुन्। दिनहाटा फोलीमारी रेलवे स्टेशनबाट पक्राउ गरिएका यी बंगलादेशीहरूलाई अदालतमा पेश गरियो।

अदालतमा लैजाँदै गर्दा उनीहरूले बताए, उनीहरूको घर बंगलादेशको कुड़ीग्राम जिल्ला अधिनस्थ विभिन्न क्षेत्रमा छ। उनीहरूले दाबी गरे, विगत केही वर्षदेखिको दिल्ली अनि हरियाणामा बसेर काम गर्दै आइरहेका थिए। यसबीच उनीहरूले सुने, पुलिसले बंगलादेशी नागरिकहरूलाई उनीहरूको देश पठाइरहेको छ। त्यसैले उनीहरूले घर फर्किनका लागि पुलिस समक्ष आत्मसमर्पण गरेका हुन्।

पुलिस सूत्रले बताएको छ, 16 जना बंगलादेशीहरूलाई पक्राउ गरिएको छ जसमा छःजना पुरूष र चारजना महिलाहरू सामेल छन् भने छःजना बाल-बालिकाहरू सामेल छन्।

सूत्रले यो पनि बताएको छ, यी 16 जना बंगलादेशीहरूले पूर्वोत्तर भारतका विभिन्न ईँटा भट्टाहरूमा काम गर्दै आइरहेका थिए। यसबीच उनीहरूले बंगलादेश फर्किनको लागि दिनहाटाको यो बाटो अप्नाएका थिए। यसबीच उनीहरूलाई पुलिसले पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande